माल्भिका सुब्बा मिस युके नेपालको कोरियोग्राफर

- साप्ताहिक संवाददाता

असार ३१, २०७४-
इभेन्ट्स एण्ड आइडियाज् प्रोडक्सनको आयोजना संचालन हुने मिस युके नेपाल २०१७ का लागि पूर्व मिस नेपाल माल्भिका सुब्बाले मुख्य कोरियोग्रफरको भूमिका निर्वाह गर्ने भएकी छिन् । आउादो सेप्टेम्बर १० तारिखमा बेलायत स्थित एल्डरशट शहरमा फाइनल प्रतिस्पर्धा तय गरिएको मिस युके नेपाल २०१७ को तयारीका लागि माल्भिका अगष्ट २५ तारिखमा बेलायत प्रस्थान आउने कुरा आयोजक पक्षले जानकारी गराएको छ । दुई सातासम्म कोरियोग्राफरका रुपमा माल्भिकाले मिस युके नेपाल २०१७ का प्रतिस्पर्धीहरुलाई व्यक्तित्व विकास, आत्मविश्वास, संचार कला, स्टेज प्रस्तुतिकरण लगायत विविध विषयमा ग्रुमिङ गर्नेछिन् ।

आयोजकका अनुसार मिस नेपाल युके २०१७ का विजेताले ८ सय पाउन्ड नगद पुरस्कार प्राप्त गर्नेछिन् भने फस्ट तथा सेकेन्ड रनर अपले क्रमश: नगद पुरस्कार ५ सय र ३ सय पाउन्ड प्राप्त गर्नेछन् । मिस युके नेपालको यो चौथौं संस्करण हो । सन् २०१० देखि प्रारम्भ भएको बेलायतमा बसोबास गरिरहेका नेपाली युवतीहरुमा लक्षित मिस युके नेपालको यात्रामा हालसम्म नविना गुरुङ, गौमाया गुरुङ, दुर्गा गुरुङ, निया देवान र टेनिसा रानाले प्रतियोगिताको विजेताको ताज चुमिसकेका छन् ।  

 

प्रकाशित :असार ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्