छेवाङ लामा आज पोखरामा

- साप्ताहिक संवाददाता

असार ३०, २०७४-

युट्युबमा बढी खोजिने कलाकारमध्येका एक छेवाङ लामाको प्रस्तुति आज असार ३० गते शुक्रबार पोखरामा हुँदैछ । पोखराको लेकसाइडस्थित रकल्यान्ड रेस्ट्रोमा हुने कार्यक्रम साँझ ५ बजे प्रारम्भ हुनेछ भने राति ११ बजेसम्म चल्नेछ । द एपोच इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको उक्त कार्यक्रममा पापासी ब्यान्ड, संजित श्रेष्ठ, वृजेश श्रेष्ठ, पोखरेली ब्यान्ड द इपोचर्स आदिको प्रस्तुतिसमेत समेटिनेछ । कार्यक्रमलाई दमदार बनाउन विजय क्षेत्री तथा निमा तामाङ होस्टका रूपमा प्रस्तुत हुनेछन् । 

राजाराम पौडेल 

 

प्रकाशित :असार ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्