डिफ पेजेन्टमा जनक र सुरभी

- साप्ताहिक संवाददाता

असार ३०, २०७४-

फ्रान्सको पेरिसमा आयोजना हुने मिस्टर एन्ड मिस डिफ इन्टरनेसनलमा नेपालले पहिलो पटक सहभागिता जनाउने भएको छ । द हिडन ट्रेजरले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने दुई प्रतिस्पर्धीलाई सार्वजनिक गरेको हो । आज शुक्रबारदेखि एक सातासम्म चल्ने उक्त प्रतियोगितामा जनकराज भट्ट तथा सुरभी मानन्धरले नेपालको प्रतिनिधित्व गर्नेछन् । क्रिएटिभ ह्यान्ड्स अफ डिफ ओमेनले विभिन्न प्रतिस्पर्धीमध्ये जनकराज तथा सुरभीलाई उक्त प्रतिस्पर्धाका लागि छनौट गरेको बताएको छ ।

जनकराज काठमाडौंको एक रेस्टुराँमा स्टेवार्डको काम गरिरहेका छन् । पेरिसको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउने खबरले आफू उत्साहित भएको जनकराजको प्रतिक्रिया छ । फाइन आर्ट्सकी विद्यार्थी सुरभीले पनि उक्त प्रतियोगिताका लागि आफू उत्साहित रहेको उल्लेख गरेकी छिन् । क्रिएटिभ ह्यान्ड्स अफ डिफ ओमेन श्रवणशक्तिमा समस्या भएका व्यक्ति, उनीहरूका अभिभावक तथा सांकेतिक भाषाका दोभाषेहरूले स्थापना गरेको संस्था हो ।  

 

प्रकाशित :असार ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्