नमुना नगर बनाउने योजना छ

- काशीराम डाँगी

असार ३०, २०७४-

रोल्पा नगरपालिका रोल्पा जिल्लाकै पहिलो नगरपालिका हो । दोस्रो चरणको स्थानीय तहको निर्वाचनबाट रोल्पा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका पूर्ण केसी निर्वाचित भए । ३६ वर्षीय केसी कांग्रेसका पूर्वसांसद लेखनाथ आचार्यलाई पराजित गर्दै मेयर निर्वाचित भएका हुन् । माओवादी नेता एवं अहिलेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराका छोरी ज्वाइँ भएकाले केसीको उम्मेदवारीमा अनेकन टिप्पणीसमेत भएका थिए ।  

राजनैतिक पृष्ठभूमिका बारेमा बताइदिनुस् न ?सामान्य परिवारमा जन्मिएको मलाई जनताको काम गर्न पार्टीले थप जिम्मेवारी दिएर मेयरमा उम्मेदवार बनाएको थियो । निर्वाचनमा जित हासिल गरेपछि अब मैले रोल्पा नगरवासीलाई मुख्य आधार मानेर काम गर्नुपर्नेछ । 

रोल्पा नगरको विकासमा प्राथमिकता के–के हुनेछन् ?

 एक घर एक रोजगारको नीति अनुसार प्रत्येक वडाका जेहेन्दार विद्यार्थी छनौट गरेर उनीहरूलाई नि:शुल्क शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने सोच छ । सहिद परिवारलाई मुख्य केन्द्रका राखेर उनीहरूको वृत्ति विकासका लागि ठोस योजना बनाउँछु । नगरभित्रै सञ्चालित सिटिइभिटी कक्षामा सबैलाई सहभागी बनाएर काम गर्नेछौं । नगरलाई इन्टरनेटसँग जोड्ने योजना पनि छ ।

 

यो नगरपालिकाका मुख्य समस्या के–के छन् ? 

सडक, कृषि एवं सञ्चारको विकास नै मुख्य समस्या हुन् । रोजगारी सिर्जनाका साथै जलजला बहुमुखी क्याम्पसको श्रीवृद्धिलाई मुख्य ध्यान दिने योजना छ ।

कस्तो नगर बनाउने परिकल्पना गर्नुभएको छ ?

सबै प्रकारको विकास गरी रोल्पा नगरलाई मुलुककै नमुना बनाउने योजना छ । शैक्षिक, सांस्कृतिक एवं पर्यटकीय हब बनाउने योजना छ । 

आवश्यक साधन–स्रोत कसरी जुटाउनुहुन्छ ?

नगरमा अहिले ३८ करोड बजेट आएको रहेछ । त्यसमा स्थानीय आम्दानी जुटाई विकासका काम गर्ने योजना छ । भौतिक विकास गरेर नगरलाई सुसम्पन्न बनाउने योजनामा दाताहरूलाई समेत स्वागत गरिनेछ ।

 

 

प्रकाशित :असार ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्