यस्तो गीत गाउँछु

- साप्ताहिक संवाददाता

असार ३०, २०७४-

निर्देशक : सुदर्शन थापा

संगीत : अर्जुन पोखरेल

कलाकार : पूजा शर्मा, पल शाह, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला आदि । 

चलचित्र ‘प्रेमगीत’ बाट प्रशंसा कमाएका निर्देशक सुदर्शन थापा, अभिनेत्री पूजा शर्मा तथा संगीतकार अर्जुन पोखरेल फेरि टिमअप भएर निर्माण गरिएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ पनि ‘प्रेमगीत’ जस्तै प्रेमकथात्मक चलचित्र हो । आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा ‘प्रेमगीत’का अभिनेता तथा अरू केही प्राविधिक भने छैनन् । ‘प्रेमगीत’ का निर्माता र निर्देशकबीच विवाद भएपछि उक्त टिम छुट्टिएको थियो ।

प्रेमगीतको निर्माणपक्षले ‘प्रेमगीत–टु’ तयार पारेको छ भने निर्देशक पक्षले ‘म यस्तो गीत गाउँछु’ तयार पारेको हो । चलचित्र ‘म यस्तो गीत गाउँछु’को गीत ‘भन्छु आज मनका कुरा’, ‘किन आजकल’, ‘म यस्तो गीत गाउँछु’ले चर्चा कमाइसकेको छ । ‘प्रेमगीत’को गीत पनि निकै मन पराइएको थियो, त्यही आधारमा चलचित्र ‘म यस्तो गीत गाउँछु’ले पनि सफलताको बाटो रोज्न सक्ने अनुमान गरिँदैछ । चलचित्र ‘म यस्तो गीत गाउँछु’मा कविराज गहतराजको नृत्य निर्देशन, संजय लामाको छायांकन तथा प्रितम पाण्डेको सम्पादन छ ।  

 

प्रकाशित :असार ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्