कुमार सानु लाइभ

- साप्ताहिक संवाददाता

असार ३०, २०७४-

भारतका लोकप्रिय गायक कुमार सानुले आफ्नो २७ वर्षको गायन करियरमा १७ हजारभन्दा बढी गीत गाइसकेका छन् । सानुले सन् १९९३ मा वर्षभरिमा सबैभन्दा धेरै गीत रेकर्ड गराउने गायकका रूपमा गिनिजबुक अफ वल्र्ड रेकर्डस्मा आफ्नो नाम समेत दर्ता गराएका छन् ।

९० को दशकमा बलिउडमा उदाएका गायक केदारनाथ भट्टाचार्य पछि गएर गायक कुमार सानुका रूपमा परिचित भए । गायक कुमार सानुका हजारौं गीत सुपरहिट छन् । कुनै बेला हरेक चलचित्रमा कोलकाताका यी गायकको स्वर सुन्न सकिन्थ्यो । त्यतिबेला उनले एकै दिनमा २८ वटासम्म गीतमा स्वर भरेका थिए । तिनै कुमार सानु भोलि शनिबार काठमाडौंका दर्शक तथा श्रोताहरूलाई आफ्ना गीत सुनाउन उपस्थित हुँदैछन् । 

 

मिति : असार ३१ गते, शनिबार

स्थान  : होटल याक एन्ड यति

समय : साँझ ५ बजे 

विशेष आकर्षण : रामकृष्ण ढकाल, सुगम पोखरेल, देविका बन्दना तथा स्मिता घिमिरे ।

कार्यक्रम सञ्चालक : निशा अधिकारी र जितु नेपाल ।

आयोजक : मुन्टेज इन्टरनेसनल 

 

प्रकाशित :असार ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्