सायद–टु

- साप्ताहिक संवाददाता

असार ३०, २०७४-

निर्देशक : पुष्पराज न्यौपाने

संगीत : सुगम पोखरेल

कलाकार : सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनिल रावल, सुशील सिटौला, निशा कार्की, रुविना श्रेष्ठ, बुद्धिलाल मगर आदि ।

केही वर्षअघि निर्माता सुनिल रावलले आफ्नो ब्यानर दुर्गिश फिल्म्सबाट चलचित्र ‘सायद’ निर्माण गरेका थिए । चलचित्र ‘सायद’ले त्यतिबेला युवापुस्तामा लागूपदार्थको दुव्र्यसनले निम्त्याउने दुर्घटनालाई इंगित गरेको थियो । संयम पुरी, विल्सनविक्रम राईजस्ता कलाकार ‘सायद’पछि नेपाली चलचित्र क्षेत्रमा स्थापित भए । अहिले फेरि ‘सायद’कै सिक्वेलझैं गरेर चलचित्र ‘सायद–टु’ निर्माण भएको छ । ‘सायद’मा देखिएका कलाकार तथा निर्देशक ‘सायद–टु’मा दोहोरिएका छैनन्, यद्यपि प्रेममा हुने आवेग, घृणा एवं समर्पण यसपटक पनि त्यस्तै रहेको निर्माता रावलले बताएका छन् । सायद–टुमा रावलकै ‘होस्टल रिटन्र्स’बाट उदाएका सुशील श्रेष्ठ र सुशील सिटौलाबाहेक अन्य कलाकार नयाँ छन् ।

यसका अर्का अभिनेता अमृत ढुंगाना युट्युबमा प्रसारण हुने सर्ट फिल्ममार्फत युवाहरूमाझ चर्चित अभिनेता हुन् भने कुशल पाण्डे नाटकहरूमा देखिने अभिनेता हुन् । आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शन हुन लागेको चलचित्र ‘सायद–टु’मा पनि युवापुस्ताबीचको प्रेम–सम्बन्धलाई केलाइएको छ । चलचित्र ‘सायद–टु’मा राजुविक्रम थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्वन्द्व निर्देशन तथा गोविन्द राई र विक्रम स्वाँरको नृत्य निर्देशन हेर्न पाइनेछ । 

 

प्रकाशित :असार ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्