नेपालमा भीएफएक्सको भविष्य उज्ज्वल छ

- साप्ताहिक संवाददाता

असार २९, २०७४-  

कसरी कम उमेरमै सफल एनिमेटर तथा भीएफएक्स आर्टिस्ट बन्नुभयो ? 

काममा उमेर हेर्नु हुँदैन । पहिलो पटक चलचित्रमा भीएफएक्स गर्दा म १९ वर्षको थिएँ, अहिले २६ वर्षको भैसकें । उमेरसँगै काममा पनि परिपक्व हुँदैछु । 

तपाईंलाई नेपालकै महँगो एनिमेटर तथा भीएफएक्स आर्टिष्ट भनिन्छ नि ? 

महँगो नै त होइन, तर मैले गरेका कामले प्रशंसा पाएकाले म चलचित्र छनौट गरेर मात्र काम गर्छु । सम्भवत: त्यसैले महँगो भएको ट्याग लागेको होला । 

 

चलचित्रमा भीएफएक्सको महत्व के छ ? 

छायाँकारले छायांकन गर्न नसक्ने डरलाग्दा दृश्यलाई भिजुअल इफेक्ट गर्ने कार्यलाई भीएफएक्स भनिन्छ । अहिले निर्माण भैरहेका अधिकांश चलचित्रमा यो शैली अपनाइन्छ । 

नेपाली चलचित्रमा भीएफएक्सको प्रवेश कसरी भयो ? 

हलिउडबाट प्रारम्भ भएको यो प्रविधि बलिउड हुँदै नेपाली चलचित्रमा पनि प्रयोग हुन थालेको हो । डिजिटल शैलीमा चलचित्र निर्माण हुन थालेपछि यो शैली पनि अनिवार्य भएको हो । 

 

नेपाली चलचित्रमा तपाईं जस्ता आर्टिस्ट कति हुनुहुन्छ ?

झन्डै आधा दर्जनभन्दा बढी छौं । अनुपम शाह, सत्यम राणा, अच्युत गजुरेल आदि पनि यो विधामा अब्बल हुनुहुन्छ । 

तपाईंलाई मन परेको सबैभन्दा राम्रो आफ्नै काम ? 

चलचित्र ‘च्याम्पियन’ मा कीर्तिपुरको क्रिकेट मैदानलाई दुबईको मैदान बनाइदिएको थिएँ । त्यही चलचित्रबाट एलजी फिल्म एवार्ड पनि जितें । चलचित्र ‘स्कुल’ बाट भारतको दादासाहेब फिल्म सर्टिफिकेट अफ एक्सिलेन्स पनि पाएको छु । नोभेम्बर रेन, नाइँ नभन्नु ल–३, डाइङ क्यान्डल, स्कुल, माला, त्यान्द्रो आदि चलचित्रको आफ्नै काम मन परेको छ । 

तपाईं पढेर भीएफएक्स आर्टिस्ट बन्नुभयो कि परेर ? 

मैले डिजिटल फिल्म मेकिङ, भिजुअल इफेक्ट तथा एडिटिङ एन्ड ग्राफिक्समा डिग्री गरेको छु । 

नेपालमा यो विधाको भविष्य कस्तो देख्नुहुन्छ ? 

सम्पूर्ण चलचित्र डिजिटल प्रविधिबाट खिच्न थालिएकाले नेपालमा भीएफएक्स विधाको भविष्य उज्ज्वल छ ।  

                                                                  अक्की शर्मा, भीएफएक्स/एनिमेटर आर्टिस्ट 

प्रकाशित :असार २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्