केटीको ओठ कहिल्यै जुठो हुँदैन

- साप्ताहिक संवाददाता

असार २८, २०७४-Rosemary@Miss_Roosy

खोलाको पानी, चुरोटको ठुटो र केटीको ओठ कहिल्यै जुठो हुँदैन । 

रागी @lamraagi

लामखुट्टेले गालामै चुम्बन गर्छ, त्यो उसको प्रेम हो । म आफूलाई झापड हान्दिनँ, त्यो मेरो लामखुट्टेप्रतिको प्रेम हो । 

Good Girl@sumitrabhattrai

प्रेममा चुम्बन हुन्छ, चुम्बन गर्दैमा प्रेम हुँदैन । चुम्बनले देह होइन, मन जोड्नुपर्छ । 

Mohan Prasad Mainali@mohanmainali

उनको स्पर्श नै पुस महिनामा झल्याक–झुलुक देखिने पारिलो घामको न्यानो चुम्बनजस्तै थियो, जहाँबाट म ओझेल पर्न चाहन्नथेँ र सक्दिन पनि थेँ । 

अनिल उत्सव@anilseeker

ऊ अलिकति माया गर्छे, फेरि डराउँछे नजिक हुनलाई । लुकाएर नजर जुधाउँछे, फेरि डराउँछे ह्दय छुनलाई । नजिक आइ चुम्बन गर्छे, फेरी सर्माउँछे मेरी हुनलाई । 

Khem Dahal@khemdahal4

कुकुर र लामखुट्टेले चुम्बन गरेछन् । भोलिपल्ट कुकुर मलेरिया र लामखुट्टे रेबिज लागेर मरेछन् । 

खर्के@itssandrew

घडीको सुईले ओठलाई चुम्बन गर्छ, एकाउन्ट लग आउट हुन्छ, तिम्रा यादहरूले हिर्काउन थाल्छन्, मनले निरन्तर फोनको व्यग्र प्रतीक्षा गर्छ । 

मृत्यु प्रेमी@naamadujigu

म जब पनि एक्लो महसुस गर्छु । उनलाई समातेर यो ओठ, त्यो ओठमा जोडेर चुम्बन गर्छु । उनी मौन, उनीबाट प्राप्त रसले म हरकुरा भुल्छु— रक्सीको ग्लास । 

Tmro Dreamboy@tmrodreanboy3

चुम्बन र आलिंगन प्रेमका अनिवार्य सर्त होइनन् । प्रेम त नछोएर पनि हुन्छ । अझ नदेखेरै पनि प्रेम हुन सक्छ । प्रेम विवाहको पूर्वतयारी होइन । 

ल्युजर@0vbks

प्रेम त्यो हो, जहाँ तिमीले मेरो कानमा होइन मुटुमा साउती मार्छौ र ओठमा होइन आत्मामा चुम्बन गर्छौ । 

Fran Fantoni@fantoni_fran

जोडीसँगै हुनेले जोडीलाई चुम्बन गर्ने । जोडी टाढा हुनेले हावामा चुम्बन गर्ने । जोडी हुँदै नहुनेले तल्लो ओठले उपल्लो ओठलाई चुम्बन गर्ने । 

Razan@rajanbhatarai

प्रेम चुम्बन र अँगालोमा बस्दैन । यस्तो खाले प्रेम चुरोटजस्तै हो । जुन आगोबाट सुरुवात भएर धूवाँ हुँदै 

स्ट्रेमा पुगेर टुंगिन्छ । 

 

 

प्रकाशित :असार २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्