रविनाको बोल्डनेस

- साप्ताहिक संवाददाता

असार २८, २०७४-

पुरानी अभिनेत्री रविना टन्डनले ओनिरद्वारा निर्देशित चलचित्र ‘शव’ मा विवाहित महिलाका रूपमा बोल्ड तथा कामुक भूमिका निर्वाह गरेकी छिन्, जो आफ्नो वैवाहिक जीवनबाट खुसी छैनन् । उनी आनन्द उठाउन युवाहरूलाई आफ्नो माया जालमा पार्छिन् । युवा अभिनेता आशिष विष्टले चलचित्रमा अजफरको भूमिका निर्वाह गरेका छन् जो रविनाको जालमा फस्छन् । चलचित्रका लागि रविना र आशिषका बीच थुप्रै अन्तरंग दृश्य कैद गरिएका छन् ।

आशिषको उमेर रविनाको भन्दा धेरै कम मात्र छैन, उनी रविनाका निकै ठूला प्रशंसकसमेत हुन् । भनिन्छ, जब उनले रविनासँग अन्तरंग दृश्यमा अभिनय गर्नुपर्ने कुरा सुने, तब उनी थरथर काप्न थाले । आशिष निकै नर्भससमेत भए, यद्यपि निर्देशक ओनिरको डरका कारण उनले त्यस्ता दृश्यमा चुपचाप अभिनय गरे । रविनाले आशिषको समस्या बुझेर उक्त दृश्यलाई निकै सहजताका साथ छायांकन गराउन सहयोग गरेको बताइन्छ ।  

 

प्रकाशित :असार २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्