हङ्कङमा ‘कमलेको बिहे’ र अनुपविक्रमको क्रेज

- अनोज रोक्का

असार २८, २०७४-
 

नेपाली फिल्म  ‘कमलेको बिहे’को हङकङमा वल्र्ड प्रिमियर गरिएको छ । फिल्मका नायक अनुपविक्रम शाही प्रिमियरका लागि हङ्कङ पुगे । हङ्कङ्माअनुपको क्रेज राम्रै देखियो । अग्लो कदका अनुपसाग फोटो खिच्ने र कुराकानी गर्नेको बाक्लो उपस्थिती देखियो । कमेडी जनरामा बनेको फिल्म ‘कमलेको बिहे’लाई दर्शकले रुचाएको पाईयो । फिल्म हेरेर दर्शकले प्रशंसा गरेका छन् । 
  
लामो तर बिग्रिएको कपाल, पावरवाला चस्मा, लामो टुप्पी पालेर पण्डित्याई गर्दै हिड्ने, शास्त्रिय बिद्याका ज्ञाता युवकले चुलबुले गाउाकै राम्री चमेलीसाग विवाहको गरेको संघर्षलाई फिल्ममा ठट्यौली पारामा उतारिएको छ । 

फिल्ममा लभरब्वाई र एक्सनमा अत्यधिक रुचाईएका अनुपविक्रमलाई फरक गेटअप र क्यारेक्टरमा प्रस्तुत गरिएको छ । दर्शकले उनको त्यहि फरक प्रस्तुतीलाई मन पराएका छन् । फिल्ममा अनुपविक्रमका साथमा सन्ध्या केसी, बिनोद न्यौपाने, ईशान ढकाल, दिपक पहाडी, रेशु तामाङ्, किरण लाकोउल लगायतको अभिनय रहेको छ ।

फिल्मलाई नेप्लिज युथ ईन्टरटेन्टमेन्टले हङ्कङ प्रर्दशनको जिम्मा लिएको थियो । नेप्लिजका लोकराज लिम्बु, मनिष लिम्बु, मेख गुरुङ, सन्तोष गुरुङले अर्गानिक नेपाली चलचित्रबाट हङ्कङेलीहरुलाई मनोरञ्जन दिलाउानका लागि कमलेको बिहे छानिएको बताए ।   

प्रकाशित :असार २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्