फ्लपको बाढी

- साप्ताहिक संवाददाता

असार २८, २०७४-

वैशाखदेखि असारको तेस्रो सातासम्म आइपुग्दा झन्डै डेढ दर्जन नेपाली चलचित्र प्रदर्शन भएका छन् ।  यद्यपि यो अवधिमा प्रदर्शन भएका कुनै पनि चलचित्र सुपरहिट भएनन् भने अधिकांश चलचित्रले असफलताको स्वाद चाखे । नयाँ वर्षको पहिलो दिन प्रदर्शन भएका तीन चलचित्र राधे, लभ लभ लभ तथा घामपानीले लगानी सुरक्षित गरेको बताइए पनि ती तीनवटै चलचित्रलाई बलिउडको ‘बाहुबली–२’ ले नराम्रो धक्का दियो । बाहुबलीले अघिल्ला तीन चलचित्रमात्र होइन, छुल्ठिम गुरुङको ‘डायरी’ लाई त डुबायो नै रेखा थापाको स्टारडम नचल्ने क्रम समेत जारी राख्यो ।

त्यसपछि ‘पर्व’ ले केही उत्साहजनक व्यवसाय त गर्‍यो तर एकै दिन प्रदर्शन भएको ‘हिट्लर’ ले दर्शक पाएन । लगत्तै प्रदर्शन भएका रातो घर, जालो, किडन्याप, तारेभीरजस्ता चलचित्र पनि चलेनन् । पछिल्लो समय प्रदर्शन भएका चलचित्रमध्ये आधा लभ फ्लप भयो भने लाल्टिनले पनि लगानी सुरक्षित गर्न सकेन । अघिल्ला साता प्रदर्शित कारखानाले पनि उत्साहजनक व्यवसाय गर्न नसकेको बताइन्छ । वर्षको अघिल्लो तीन महिना सुपरहिट चलचित्र नपाएको नेपाली चलचित्र उद्योगले दसैंसम्ममा केही उत्कृष्ट चलचित्र पाउँछ कि ?  

 

प्रकाशित :असार २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्