जानकी मेयर बनेपछि पशुपतिको चुरीपुरी

- साप्ताहिक संवाददाता

असार २८, २०७४-

पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन भर्खरै सम्पन्न भएको छ । मुलुकभरीबाट प्रमुख पदमा महिलाको उम्मेद्वारी निक्कै कम भयो भनेर आलोचना सेलाउन पाएकी छैन् । निर्वाचित जनप्रतिनिधिले स्थानीय निकायमा काम थाल्न नपाउादै गायक पशुपति शर्मा र गायिका जानकी तारमी मगरले जीतको खुशीयाली र जीतपछिको चुरीफुरीलाई समेटेर ब्यङ्ग्यात्मक गीत निकालेका छन् । प्राय समसामयीक विषय बस्तुलाई टिपेर ठट्यौली शैलीमा प्रस्तुत गर्न सिपालु पशुपति र जानकीको हरेक वर्ष तीजको छेकोमा जोडी जम्छ । यो वर्षको तीजका लागी पनि जानकी मेयर र पशुपति मेयरका श्रीमान बनेर देखा परेका हुन् ।

पशुपतिको सिर्जनामा तयार पारिएको गीत सनराईज म्युजिकले बजार व्यबस्थापन गरेको छ । दुर्गा पौडेलले निर्देशन र छायांकन गरेको म्यूजिक भिडियोमा पशुपति र जानकी आफैले अभिनय गरेका छन् । त्यसो त पशुपति र जानकी दुबै आफ्ना गीतमा आफै अभिनय गर्ने कलाकार हुन् । सार्वजनिक म्यूजिक भिडियो प्रविन भट्टले सम्पादन गरेका छन् । 

‘मेयरनीको पोइ’ म्यूजिक भिडियो: 

प्रकाशित :असार २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्