चुम्बनको वर्षा भएको एउटा चलचित्र

  • जुन ६ तारिख विश्व चुम्बन दिवस

- साप्ताहिक संवाददाता

असार २७, २०७४-

उकेश दाहालद्वारा निर्देशित चलचित्र ‘किन किन’ सबैभन्दा बढी चुम्बन दृश्य समावेश भएको नेपाली चलचित्र हो । आफ्ना चलचित्रमा अभिनेत्रीलाई चुम्बन गर्न नरुचाउने अभिनेता राजेश हमालले यो चलचित्रमा दुई जना अभिनेत्रीसँग चुम्बन गरेका छन् । यो चलचित्रमा राजेश हमालले अभिनेत्री करिश्मा मानन्धर तथा अरुणिमा लामालाई चुम्बन गरेका छन् । करिश्मासँग सफ्ट टङ किस गरेका हमालले अरुणिमासँग भने फ्रेन्च टङ किस नै गरेका छन् । चलचित्रमा चुम्बनको श्रृंखला यतिमै सीमित छैन । चलचित्र किन–किनका अर्का अभिनेता राज तिमिल्सिनाले पनि अभिनेत्री अरुणिमा लामासँग टङ किस गरेका छन् । यही चलचित्रमा तिमिल्सिनाले अभिनेत्री शशी खड्कालाई पनि चुम्बन गरेका छन् भने गायक राजेश पायल राईले पनि यही चलचित्रको एउटा दृश्यमा चुम्बन गर्ने मौका पाएका छन् । गायक राईले श्रद्धासिंह ठकुरीलाई चुम्बन गरेका छन् । 

चलचित्रका चर्चित चुम्बन 

चलचित्र : मनकामना 

कलाकार : शिव श्रेष्ठ र करिश्मा मानन्धर 

चलचित्र : एटीएम

कलाकार : सोनिया शर्मा र दिनेश थापा 

चलचित्र : किन किन 

कलाकार : राजेश हमाल र अरुणिमा लामा 

कलाकार : राजेश हमाल र करिश्मा मानन्धर 

कलाकार : राज तिमिल्सिना र अरुणिमा लामा 

चलचित्र : सिलसिला

कलाकार : राज तिमिल्सिना र सोनिया केसी 

चलचित्र : वन वे 

कलाकार : सिद्धार्थ गुरुङ र माला लिम्बू 

चलचित्र : द लास्ट किस 

कलाकार : पुष्करजंग थापा र सोभिता सिम्खडा 

चलचित्र : जंगबहादुरको कोट 

कलाकार : विमलेश अधिकारी र सुचित्रा आचार्य 

चलचित्र : द युगदेखि युगसम्म

कलाकार : राजेश हमाल र नन्दिता केसी 

चलचित्र : धड्कन 

कलाकार : रेखा थापा र रमित ढुंगाना  

 

प्रकाशित :असार २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्