च्यारीटीबाटै प्रशंसा बटुल्यो व्वाईफ्रेण्डले

- साप्ताहिक संवाददाता

असार २६, २०७४-
बुढाथोकी फिल्मस् प्रोडक्सनले तयार पारेको चलचित्र ब्वाईफ्रेण्डले च्यारीटी शोवाटै चर्चा पाएको छ । चितवनमा गरिएको च्यारीटीबाट राम्रो प्रतिक्रिया पाएको निर्माता कृष्ण खनालले बताए ।

सुर्य बुढाथोकीको प्रस्तुती रहेको व्वाईफ्रेण्डमा सरोज खनाल, पुस्कर रेग्मी , महिमा सिलवाल,सोनम थापा, मोहन निरौला, कैलाश दाहाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । नेपाली सिनेजगतका अनुभवी निर्देशक मदन घिमीरेले निर्देशन गरेको यो चलचित्र माघ १२ बाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । 

व्वाईफ्रेन्डलाई कृष्ण श्रेष्ठले छायाँकन गरेका हुन् भने शंकर महर्जनले द्वन्दको पाटो सम्हालेका हुन् । 

 

प्रकाशित :असार २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्