न्युयोर्कमा माउन्टेन फिल्म फेस्टिबल सम्पन्न

- शिव शर्मा

असार २६, २०७४-

गत साता न्युयोर्कको शेर्पा किदुङको हलमा काठमान्डौ इन्टरनेशल माउन्टेन फिल्म फेस्टिबल (किम्फ)  सम्पन्न भएको छ । हिमाल एशोसिएसन नेपाल र न्युयोर्कबाट प्रकाशित नेपाली भाषाको पत्रिका एभरेष्ट टाईम्सको आयोजनामा फेस्टिबल भएको हो । फेस्टिबलमा छोटो नेपाली सिनेमा र बृत्तचित्र प्रदर्शन गरिएको थियो । 

फेस्टिबलमा निर्देशक उपेन्द्रराज पाण्डे र बद्री न्यौपानेको बियोन्ड द वाईट केन, घनश्याम खतिवडाको बाह्खरी लौरो, रघुवर नेपाल र शिवशरण कोइरालाको मेला, देवकी विष्टको देवकीको खोजीमा र ज्योति केशरसिंह ठकुरीको भुसको लोग्ने गरी पाँच डकुमेन्ट्री  फिल्म देखाईएका थिए ।

मौलिक नेपाली बृत्तचित्रको  प्रर्वद्धनका लागी  फेस्टिबल आयोजना गरिएको आयोजक संस्थाका आङ छिरिङ शेर्पाले जानकारी दिए ।  उनका अनुसार डकुमेन्ट्रीको माध्यमबाट नेपाललाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउन र आयोजनाबाट संकलन भएको रकम सिन्धुपाल्चोकको हेलम्बु विद्यालयलाई सहयोग गरिनेछ । 

नेपालमा प्रत्येक वर्ष हुँदै आएको यो फेस्टिबल तिन वर्ष यता देश्बााहिर प्रर्दशित हुँदै आएको छ । देशबाहिर हङकङबाट सुरु भएको फेस्टिबलको यो तेस्रो संस्करण हो । फेस्बिटलमा स्वदेशी तथा विदेशी दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । 

 

 

प्रकाशित :असार २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्