चुम्बन गर्दा मुखको सफाइ

  • जून ६ विश्व चुम्बन दिवस

- डा. सुष्मा पाण्डे

असार २६, २०७४-

 

चुम्बन गर्दा मुखको सरसफाइमा ध्यान दिनु आवश्यक छ । 

नियमित रूपमा मुखको सफाइ गर्नुपर्छ, जसका लागि माउथ वास र नियमित बिहान–बेलुकी पेस्ट प्रयोग गर्न सकिन्छ ।

चुम्बन गर्दा मुखमा हुने थूक तथा साससम्बन्धी रोगका कारण संक्रमण हुन सक्छ ।

यसैगरी क्षयरोग, मेनिन्जाइटिस, हेपाटाइटिस बीजस्ता खतरनाक रोग 

पनि थूक तथा रगतमार्फत सर्न सक्छन् । 

  धूम्रपान गर्ने तथा नगर्ने, मुख फोहोर राख्ने कतिपय मानिसको गिजाबाट रगत आउने समस्यालाई ‘जिन्जिवाइटिस’ भनिन्छ । यस्तो अवस्थामा चुम्बन गर्दा तथा एउटै ब्रस प्रयोग गर्दा पनि संक्रमण हुने सम्भावना हुन्छ । 

  धेरैजसोले स–साना बालबालिकालाई ओठमै चुम्बन गर्छन् । यसो गर्दा ठूला मानिसको मुखको कीटाणु बालबालिकामा सर्न सक्छ, तसर्थ मुखै जोडेर ओठमा चुम्बन गर्नुभन्दा पनि गाला, निधार तथा हातमा चुम्बन गर्न सकिन्छ ।

  चुम्बन गर्नुअघि ब्रस गरे संक्रमण हुने सम्भावना कम हुन्छ । 

 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान 

प्रकाशित :असार २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्