जेट्लीको बेबी बम्प

- एजेन्सी

असार २५, २०७४-

अभिनेत्री सेलिना जेट्ली दुई जुम्ल्याहा छोराकी आमा हुन् । यतिबेला उनी दोस्रो पटक गर्भवती भएकी छिन् । आफू गर्भवती भएको खबर उनी आफैंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।

बिकिनीमा सजिएकी जेट्लीले समुद्री किनारमा आफ्नो ठूलो आकारको पेटसहितको तस्बिर सार्वजनिक गरेकी छिन् । आश्चर्यको कुरा के छ भने यसपटक पनि उनले जुम्ल्याहा सन्तान नै जन्माउने चिकित्सकहरूले बताएका छन् ।

चिकित्सकको उक्त भनाइसँगै जेट्ली तथा उनका श्रीमान् पिटर अत्यन्त खुसी भएको बताइन्छ । जेट्लीले त भगवान्ले कसै–कसैलाई मात्र दुई पटक जुम्ल्याहा सन्तान जन्माउने अवसर दिन्छन् भन्दै खुसीसमेत व्यक्त गरेकी छिन् । जेट्लीले सन् २०११ मै आफ्ना अस्ट्रियन प्रेमी पिटरसँग प्रेम विवाह गरेकी थिइन् । 

 

प्रकाशित :असार २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्