मिसेस गुरुङको अडिसनबाट छानिए २५ जना

- साप्ताहिक संवाददाता

असार २५, २०७४-

एसके ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको मिसेस गुरुङ–२०१७ को अडिसनबाट २५ जना प्रतिस्पर्धि अन्तिम प्रतियोगिताका लागि छनोट भएका छन् ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको यो प्रतियोगितमा गुरुङ समुदायका विवाहित महिलाहरुले भाग लिएका छन् । शनिवार सम्पन्न अडिसनमा प्रतिस्पर्धि बन्ने आकांक्षीको संख्या प्रसस्त थियो । 

संगीतकार मिलन मोक्तान, गायिका मौसमी गुरुङ, सञ्चारकर्मी गीत अधिकारीसहितको निर्णायक समुहले अन्तिम प्रतिस्पर्धि टुंगो लगाएको हो । अडिसनबाट छनोट भएका प्रतिस्पर्धिले एक महिनाको प्रशिक्षण पाउने छन् । भदौ पहिलो साता उनीहरु ग्रान्ड फिनालेमा प्रस्तुत हुनेछन् । प्रतियोगिताको आयोजक शान्ति लामाले घर–परिवार भित्र मात्र सिमित विवाहित महिलाहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्ने माध्यम प्रदान गर्न यो प्रतियोगिता आयोजना गरेको बताउँछिन् । 

 

प्रकाशित :असार २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्