चुम्बनमा भएका विश्व कीर्तिमान

  • जून ६ तारिख विश्व चुम्बन दिवस

- साप्ताहिक संवाददाता

असार २५, २०७४- 

 सन् २०१२ फेब्रुअरी १४ मा अमेरिकाको क्यालिफोर्नियामा आयोजित चुम्बन महोत्सवमा १ जोडी (पल फ्रेमी र एलिना इभान्स)ले २ सय ५८ पटक चुम्बन गरेर विश्व कीर्तिमान राखेका थिए । 

 सन् २०११ जनवरी २९ मा जर्मनीमा आयोजना गरिएको एक चुम्बन महोत्सवमा जर्मन नागरिक फ्लोरियन सिल्भ रिजनले १ मिनेटभित्र १ सय १७ जनालाई चुम्बन गरेर विश्व कीर्तिमान बनाएका थिए । उक्त कार्यक्रमलाई स्थानीय टेलिभिजनले लाइभ प्रसारण गरेको थियो ।

 

 सन् २०१६ नोभेम्बर १२ मा अस्ट्रियाकी सराह विनरले ३० सेकेन्डभित्र ६३ जना पुरुषको चुम्बन स्वीकार गरेर विश्व कीर्तिमान बनाएकी थिइन् । उनले त्यतिबेला भियना रग्बी टिमका सदस्यहरूको चुम्बन स्वीकार गरेकी थिइन् ।

 

 जापानका सिको कुरीहाराले सन् २०१४ अक्टोबर ९ मा टोकियोको क्योटोमा आयोजित एक महोत्सवमा १ सय ३१ जनालाई चुम्बन गरेर कीर्तिमान बनाएका थिए । 

 

 सबैभन्दा लामो समयसम्म चुम्बन गर्ने कीर्तिमान थाइल्यान्डका इकाचाइ र लक्साना तिरानाराथको नाममा छ । उनीहरूले ५८ घन्टा ३५ मिनेट ५८ सेकेन्डसम्म लगातार चुम्बन गरेर विश्व कीर्तिमान बनाएका थिए । 

प्रकाशित :असार २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्