प्रेमगीत २ को एघार सहर यात्रा

- साप्ताहिक संवाददाता

असार २५, २०७४-
दमौलीदेखि नेपालगंज–बिर्तामोड हुँदै प्रेमगीत २ का कलाकारहरुले दुई सातामा नेपाल फन्को मारेका छन् । 

सांगीतिक यात्रामार्फत सिनेमा दर्शक बटुल्न प्रेमगीत २ का कालाकार दर्शकको दैलो–दैलोमै पुग्यो । दमौली, पोखरा, नेपालगंज, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरी हुँदै बिर्तामोडमा टुर सकियो । अब काठमाडौं, ललितपुर र भक्तपुरमा प्रेमगीत २ गुञ्जाउन कलाकार तयार भएका छन् । 

‘हामी कन्सर्टमार्फत वास्तविक दर्शकसामु पुग्न चाहन्थ्यौं’ राजधानी फिर्ने सुरसार कसेका निर्माता सन्तोष सेन भन्छन्, ‘एघार सहरमा हामीले दर्शकको एउटै मन पायौं ।’

सांगीतिक यात्रामा प्रदीप खड्का र अश्लेषा ठकुरीसंग सयौं सेल्फी खिचिए । ‘रियल दर्शकसंग रमाउन पाए’ प्रदीपले सुनाए, ‘फिल्मलाई लिएर उनीहरुभित्रको हुटहुटी फिल गरे । यसले ममा थप दायित्वको समेत बोध गराएको छ ।’ 

अश्लेषा ठकुरीलाई मोफसलको मायाले निकै बाँध्यो । ‘वास्तवमा दर्शकप्रति आभारी छु । मेरा लागि यो जान्ने, सिक्ने र समाज पढ्ने मौका पनि थियो’ डेब्यु गर्लले भनिन् । फिल्मभित्र उनी एक बर्मेली युवतीको भूमिकामा प्रस्तुत भएकी छन् । 

साउन १३ गते रिलिज हुने सिनेमालाई रामशरण पाठकले निर्देशन गरेका हुन् । नेपाल, थाइल्यान्ड र म्यानमारमा छायाँकन गरिएको सिनेमाले तत्कालिन बर्मा र जापानबीचको युद्धको सेटिङ स्थापना गर्छ । पात्रात्मक द्धन्द्ध त्यहीँबाट सुरु हुन्छ । 

प्रकाशित :असार २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्