पत्रकार मरहठ्ठाको 'द होप'

- साप्ताहिक संवाददाता

असार २४, २०७४

टेलिभिजन पत्रकारितामा लामो समयदेखि सक्रिय पत्रकार किरण मरहठ्ठाको पहिलो पुस्तक हो— ‘द होप’ । यो पुस्तकमा पत्रकारिता र अर्थ–राजनीतिक विषय समेटिएको छ । 

सीएनएन, सीएनबीसी, बीबीसीजस्ता विश्वविख्यात सञ्चारमाध्यम, अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा तिनीहरूको प्रभाव एवं त्यहाँ कार्यरत पत्रकारको अन स्क्रिन, अफ स्क्रिन जीवनलाई यो पुस्तकमा यथार्थपरक ढंगले विश्लेषण गरिएको छ ।

अमेरिकाको ट्विन टावर आक्रमण, अफगानिस्तान र इराक युद्धजस्ता घटनामा पश्चिमा सञ्चारमाध्यमको रिपोर्टिङ र त्यसको प्रभावलाई सटिक रूपमा व्याख्या गरिएको छ । त्यस्तै पत्रकारको मनोदशा र चुनौतीलाई मार्मिक ढंगले वर्णन गरिएको छ । 

अन्तर्वार्ता कलाका लागि यो छुटाउनै नहुने पुस्तक हो । नेपालको अर्थ–राजनीति, सामाजिक, सञ्चार तथा आध्यात्मिक क्षेत्रका करिब २५ जना विज्ञको विश्लेषण समेटिएको यो पुस्तक ढिकुरा पब्लिकेसनले बजारमा ल्याएको हो ।

 

प्रकाशित :असार २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्