नविनको किन म भिडियो सार्वजनिक

- साप्ताहिक संवाददाता

असार २४, २०७४-

गीतकार नविन न्यौपानेको ‘किन म’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा हिमाल सागरको स्वर रहेको छ । 

नविन कै शब्द रहेको गीतमा जीवन पन्तले संगीत भरेका छन् । गणेश बम आग्रीले निर्देशन गरेको गीतको भिडियोमा नविन स्वयंले अभिनय गरेका छन् । उनीसंगै अभिनेत्री नम्रता सापकोटा र रन्जिता गुरुङ फिचरिङमा छिन् । गीतको भिडियो छायांकन र सम्पादन शक्तिप्रज्वल घिमिरेले गरेका छन् । यसअघि पनि गीतकार तथा मोडेल न्यौपानेका आधा दर्जन भिडियो सार्वजनिक भइसकेका छन् । 

किन मको म्युजिक भिडियो

 

प्रकाशित :असार २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्