सदावहार चुम्बन

  • जून ६ विश्व चुम्बन दिवस

- एजेन्सी

असार २४, २०७४-

माया प्रकट गर्न गरिँदै आएको चुम्बनको प्रकृति एवं परिभाषा पनि निरन्तर परिवर्तन हुँदै आएको छ । चुम्बनमा धेरै वैज्ञानिक, सामाजिक एवं मानोवैज्ञानिक खोजहरू पनि भएका छन्, जसले चुम्बनलाई जे–जस्तो रूपमा परिभाषित गरे पनि चुम्बनप्रतिको आकर्षण घट्नुको सट्टा बढिरहेको छ । प्रेम र भावनाको प्रतीकका रूपमा रहेको चुम्बनलाई अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको बल्ल १२ वर्ष पुगेको छ ।   जून ६ तारिखमा विश्वले चुम्बन दिवसलाई विभिन्न ढंगले मनायो । 

दोस्रो विश्वयुद्धमा जापानमाथि विजय हासिल गरेपछि न्युयोर्कको टाइम स्क्वायरमा (सन् १९४५ मा) आयोजित ‘भिक्ट्री जापान डे’ मनाउने क्रममा एक जलसेनाले नर्सलाई गरेको चुम्बन अविस्मरणीय मानिन्छ । अल्फ्रेड इसेन्सटेडले खिचेको उक्त तस्बिरमा देखिने नर्सको नाम ग्रिटा फ्रिड्म्यान हो । उनको ९२ वर्षको उमेरमा निधन भैसकेको छ ।

बेलायतका राजकुमार चाल्र्स तथा लेडी डायनाले बकिङहम प्यालेसमा विवाह समारोहपछि सार्वजनिक हुने बेला कौसीमा  सन् १९८१ मा गरेको यो चुम्बनलाई पनि ऐतिहासिक मानिन्छ । सार्वजनिक रूपमा चाल्र्स र डायनाको यो पहिलो चुम्बन भएका कारण पनि यसले धेरै वर्षसम्म चर्चा पायो । 

ब्रिट्नी स्पेयर्स र म्याडोनाले सन् २००३ मा एमटिभीको एवार्ड समारोहमा गरेको यो चुम्बनलाई पनि अविस्मरणीय मानिन्छ । ब्रिट्नी, म्याडोना र क्रिष्टिना एगुएराले संयुक्त प्रस्तुति दिने क्रममा म्याडोना र ब्रिट्नीले उक्त चुम्बन गरेका थिए ।

सन् २०११ मा भएको अमेरिकी सेनाको भिक्ट्री डेमा सेनाका दुई महिलाले गरेको चुम्बनको यो क्षणलाई पनि ऐतिहासिक मानिन्छ । समलिङ्गी जोडीका रूपमा रहेका मेरिसा ग्रिटा र किटालिक स्नेलले सेनाको मर्यादालाई चुनौती दिँदै यसरी पहिलो पटक सार्वजनिक रूपमै चुम्बन गरेका थिए ।

अमेरिकाको राष्ट्रपति निर्वाचनमा विजय भएपछि सन् २००८ मा राष्ट्रपति वाराक ओबामाले सिकागोमा गरेको सम्बोधनपछि मिचेल ओवामासँग तथा उप राष्ट्रपति जोए बिडेन र जिलले गरेको चुम्बनको यो क्षणलाई पनि ऐतिहासिक मानिन्छ ।

बेलायतका युवराज विलियमले केट मिडेल्टनसँग सन् २०११ मा गरेको विवाहपछि बार्दलीमा सार्वजनिक हुने क्रममा गरेको यो चुम्बन पनि ऐतिहासिक चुम्बन हो ।

प्रकाशित :असार २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्