जिमेलले इमेल नपढ्ने

- एजेन्सी

असार २४, २०७४-

जिमेलका प्रयोगकर्ताहरूले आफ्नो इमेल गुगलले पढेर सोहीअनुसारको विज्ञापन छेउमा दिएको गुनासो यो सेवा प्रारम्भ भएदेखि रहँदै आएको थियो । यस विषयमा जिमेलले वर्षौंदेखि आलोचना खेप्दै आएपछि अन्तत: गुगलले प्रयोगकर्ताको इमेल स्क्यान नगर्ने र मेलमा भएको शब्दसँग मेल खाने विज्ञापन पनि नदेखाउने जनाएको छ । 

सन् २००४ देखि गुगलले यो सेवामा कुनै पनि प्रयोगकर्ताले लग–इन गरेर सर्च गरेको विषयसँग सम्बन्धित विज्ञापन पनि दिँदै आएको थियो । सर्च इन्जिनमा कुनै कुरा सर्च गरिएको छ भने सोहीअनुसारको विज्ञापन अन्य वेबसाइटमा आउने गरेको थियो । अबदेखि यो कार्यलाई पनि रोक्ने गुगलले जनाएको छ । 

गुगलले भने नि:शुल्क जिमेल चलाउने प्रयोगकर्तामा यस्तो किसिमको कार्य भए पनि सशुल्क जिमेल चलाउने प्रयोगकर्तामा भने नगरिएको जनाएको थियो, तर अब गुगलले जिमेलका सबै एकाउन्टमा इमेल रिड गरेर विज्ञापन नदेखाउने जनाएको छ । एक अनुमानअनुसार अहिले जिमेलका प्रयोगकर्ता १ अर्ब २० करोड जति छन् ।

 

प्रकाशित :असार २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्