रुपैयाँको नयाँ गीत टल्क्यो जवानी सार्वजनिक

- साप्ताहिक संवाददाता

असार २३, २०७४-

‘कुटुमा कुटु सुपारी दाना’ गीतबाट वाहवाही बटुलेको चलचित्र ‘२ रुपैयाँ’ को नयाँ गीत ‘टलटल टल्क्यो जवानी’ सार्वजनिक भएको छ । 

क्लब गीतका रूपमा चित्रित गरिएको यो गीतमा चलचित्र ‘२ रुपैयाँ’ का मुख्य कलकारहरू आशिफ शाह, निश्चल बस्नेतका साथै मिस तामाङ २०१२ सुमी मोक्तानलाई फिचर गरिएको छ ।  

यो गीतमा कलाकारहरू आशिफ शाह र निश्चल बस्नेत आफैंले स्वर दिएका छन् भने महिला स्वरमा गायिका मीना निरौलाले गाएकी छिन् । रोशन थापाद्धारा संगीतबद्ध यो गीतको रचना एकतारे र सुरज शाही ठकुरीले र संगीत संयोजन राजन ईशानले गरेका हुन् । 

हरि हुमागाईँद्धारा छायाँकन गरिएको यो गीतको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् ।

टलटल टल्क्यो जवानीको भिडियो

 

 

प्रकाशित :असार २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्