हेमन्त शर्माको मन्दिरका देउता सार्वजनिक

- साप्ताहिक संवाददाता

असार २३, २०७४-

गायक हेमन्त शर्माले ‘हे मन्दिरका देउता...’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उक्त गीतमा गायक शर्माकै शब्द तथा संगीत समेत सुन्न सकिन्छ । सुमन केसी उक्त गीतका संगीत संयोजक हुन् ।

गायक शर्माले आफ्नै यूट्युब च्यानल मार्फत उक्त भिडियो सार्वजनिक गरेका हुन् । म्युजिक भिडियोको निर्देशन पनि गायक शर्मा आफैंले गरेका छन् ।

अभिनेत्री वर्षा शिवाकोटी तथा अभिनेता अनिल थापाले उक्त भिडियोमा अभिनय गरेका छन् । धीरजजंग शाहद्वारा छायाँकन गरिएको उक्त भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् ।

हे मन्दिरका देउताको भिडियो  :

 

प्रकाशित :असार २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्