आज प्रदर्शित हुने चलचित्र मन्दिरा

- साप्ताहिक संवाददाता

असार २३, २०७४-
एक उपन्यास लेखकका सामु उपन्यासमा उल्लेखित घटना हुबहू घट्न थाले के होला ? आज शुक्रबार देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन्दिरा’ले यस्तै कथा बोकेको छ ।

समाजमा आफूलाई सभ्य र धनी देखाउने होडबाजीमा लागेकाहरुले भोग्ने परिणामलाई चलचित्र ‘मन्दिरा’मा हेर्न पाइनेछ । एउटा लेखक उपन्यास लेख्ने क्रममा आफू नै उपन्यासको एक पात्र बनेर परस्त्रीसँग नजिक हुन्छ र त्यसले एउटा दुष्परिणाम निम्तिन्छ । उक्त घटनापछि उसका सामु अनेकन घटना घट्दै जान्छ, जुन लेखकले उपन्यासमा कल्पना गरेको हुन्छ ।

थ्रिल र सस्पेन्स वर्गमा पर्ने चलचित्र ‘मन्दिरा’लाई सुशन प्रजापतिले खिचेका हुन् भने यसका सम्पादक उज्ज्वल ढकाल हुन् । चलचित्र ‘मन्दिरा’मा अर्जुन बिसीको नृत्य, अष्ट महर्जनको द्वन्द्व तथा अजित लामिछानेको लेखन छ । 
निर्देशक : दिपेश सापकोटा
संगीत : देव कोइमी राई
कलाकार : नरेन खड्का, जेबी डिसी, प्रवन भुषाल, लक्ष्मी बस्नेत आदि । 

चलचित्र मन्दिराको ट्रेलर

 

 

प्रकाशित :असार २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्