ह्याम्लेट

- साप्ताहिक संवाददाता

असार २३, २०७४-
विश्व प्रसिद्ध नाटककार शेक्सपियरको नाटक ‘ह्याम्लेट’ कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन भैरहेको छ ।

आशु शर्माको लेखन तथा निर्देशनमा मञ्चन भैरहेको उक्त नाटक जिप्सी थिएटरको आयोजना तथा हिमांशु हेक्टर गोयलको नेतृत्वमा मञ्चन गरिएको हो । नाटक ‘ह्याम्लेट’ मा आशु शर्मा, सुविना परियार, आना देउजा, अनु दाहाल, परिक्षितविक्रम राना, सुरभी सापकोटा, सन्देश शाक्य, देवेन्द्र साउद, विजय ताम्राकार, हेमन्त चालिसे, साची मुल्मी आदिले अभिनय गरिरहेका छन् । यो नाटक भोलि शनिबारसम्म मञ्चन हुने बताइन्छ । 

 

प्रकाशित :असार २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्