आज प्रदर्शित हुने चलचित्र धनपति

- साप्ताहिक संवाददाता

असार २३, २०७४-

आर्थिक अभावका कारण सामान्य गुजारा गर्नसमेत कठिन हुने धनपतिमा छोरीलाई राम्रो विद्यालय पढाउने इच्छा छ भने श्रीमतीलाई पनि राम्रोसंग पाल्ने रहर छ । जति मेहनत गरे पनि जीवन उँभो नलाग्ने देखेपछि धनपति कुनै राजनैतिक पार्टीको एक कार्यकर्ताको साथ पाएर नेताका लागि काम गर्न थाल्छन् । नेताले उनलाई राजनीतिको दाउपेचमा प्रयोग गर्न थाल्छ । उनको सोझोपन नै आफ्ना लागि श्राप बन्छ ।

यस्तै समसामयिक कथाको एक चरित्र धनपतिका रूपमा कलाकार खगेन्द्र लामिछाने आज शुक्रबारदेखि देशभरका चलचित्र भवनमा पुग्दैछन् । यसअघि ‘पशुपतिप्रसाद’ का रूपमा दर्शकको मन जितेका खगेन्द्रले निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा फेरि एकपटक आफुलाई समाजको पीडित पात्रका रुपमा प्रस्तुत गर्दैछन् । खगेन्द्रकै लेखनको यो चलचित्रमा सूर्य थोकरको एक्सन, शंकर पाण्डेको निर्माण नियन्त्रण, दीर्घ खड्काको सम्पादन छ भने चलचित्रका निर्देशक दीपेन्द्र के खनालले नै चलचित्र ‘धनपति’ छायांकन गरेका हुन् । 

निर्देशक : दीपेन्द्र के खनाल

संगीत : आधासुर

कलाकार : खगेन्द्र लामिछाने, सुरक्षा पन्त, हरिहर शर्मा, मनिष निरौला, अशान्त शर्मा, कमल देवकोटा, प्रकाश घिमिरे आदि ।

चलचित्र धनपतिको ट्रेलर

 

प्रकाशित :असार २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्