उत्तमको जीवन भरीमा वैदेशिक रोजगारको पीडा

- साप्ताहिक संवाददाता

असार २२, २०७४-
गायक उत्तम मगर आफ्नो पहिलो गीत ‘जीवन भरी...’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । उक्त गीतको म्युजिक भिडियो कम समयमै लोकप्रिय भएको छ । आधुनिक शैलीको ‘जीवन भरी...’ गीतको म्युजिक भिडियोमा वैदेशिक रोजगारीको पीडालाई चित्रण गरिएको छ । 

रवि लामाका शब्दहरुलाई चित्र तामाङले संगीतबद्ध गरेका छन् । बलराम समाल यो गीतका संगीत संयोजक हुन् । चण्डिप्रसाद काफ्लेसंग विगत केही वर्षदेखि शास्त्रिय संगीतको प्रशिक्षण लिइरहेका गायक उत्तम मगरले पहिलो गीतबाटै आफ्नो सम्भावना व्यक्त गरेका हुन् ।

विभोर पोखरेलद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियो गीतका शब्द जत्तिकै मार्मिक बनेको छ । म्युजिक भिडियोमा निर्देशक पोखरेलले वैदेशिक रोजगारीमा गएका नेपाली युवकको रोजगारीकै क्रममा निधन भएपछि स्वदेशमा रहेका परिवारको विचल्लिलाई कारुणीक शैलीमा प्रस्तुत गरेका छन् ।
म्युजिक भिडियोमा मोडल रोशन लामा तथा अभिनेत्री सम्पदा बानियाँले उत्कृष्ट अभिनय गरेका छन् । टेकेन्द्र शाहद्वारा सम्पादित उक्त म्युजिक भिडियोलाई रोशन श्रेष्ठले छायांकन गरेका हुन् ।
 
जीवन भरीको म्युजिक भिडियो :

 

प्रकाशित :असार २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्