कसैलाई लुकी–लुकी हेर्नु कति रमाइलो हुन्छ ?

- साप्ताहिक संवाददाता

असार २१, २०७४-
एकदम रमाइलो हुन्छ नि !
शिव अर्याल

सार्‍है रमाइलो हुन्छ नि हौ ।
चाइनिज फुल्टिन

हुँदैन हजुर, त्यस्तो फट्याइँ पनि गर्नु हुन्छ र भन्या ? 
प्रश्रित

मन परेको मान्छेलाई लुकी–लुकी हेर्दा त स्वर्गनै पुगेजस्तो हुन्छ नि ! किनभने उसले देखेको हुँदैन, आफूले मात्र लुकेर हेर्ने हो । त्यसैले आँखा पुगेजति ठाउँमा मज्जाले घुरेर हेरिन्छ । 
चन्द्र पालुङ्वा लिम्बू

धेरै रमाइलो हुन्छ । 
मोहन पल

उखरमाउलो बैंसमा त हो  लुकी–लुकी हेर्ने । पछि त्यसरी हेर्दा त रिस पो उठ्छ बरु । 
मित्र बन्धु ढकाल

लुकी–लुकी हेर्न जति मजा त अरू केहीमा आउँदैन ।
आरके बानियाँ 

लुकी–लुकी हेर्न रमाइलै हुन्छ । उनले देखिन भने चाहिँ 
बर्बाद हुन्छ ।
रमन पोखरेल

आफ्नो आधा जुनी त यसरि नै हेरेर बित्यो हजुर । 
वसन्त

अलि–अलि रमाइलो हुन्छ । 
गोविन्द श्रेष्ठ

हेर्नेलाई धेरै नै आनन्द महसुस हुन्छ, जुन आनन्द अरू पनि कुनै कुराबाट प्राप्त गर्न सकिँदैन ।
दिपेश मोक्तान

सार्‍है रमाइलो हुन्छ यार । मन परेको व्यक्ति छ भने त अझ रमाइलो हुन्छ ।  
सुलोचना परियार

पहिले स्कुल, कलेजमा मन परेको मान्छेलाई लुकी–लुकी हेर्नुको मजा नै बेग्लै हुन्थ्यो । 
छत्रमान राई

अरूको कुरा थाहा भएन, मलाई भने मन परेको मान्छेलाई लुकेर हेर्नुको मज्जा चाहिँ बयान गर्न सकिँदैन भन्ने लाइरा’छ ।
दीपक बस्नेत

यो प्रश्न सुन्दै यति रोमाञ्चित भइयो, हेर्दा झन् कस्तो होला ? 
खेमराज बस्नेत

मन परेको मानिसलाई लुकी–लुकी हेर्नुको मज्जा तुम क्या जानो सम्पादक बाबु । 
समीप रानामगर

एकदमै रमाइलो हुन्छ यार । 
मनोजकुमार तामाङ

लुकी–लुकी हेर्नु डिफेन्सलाई छल्दै गोल गर्नु जत्तिकै मज्जा हुन्छ । 
रामकृष्ण तिमिल्सिना

धेरै नै रमाइलो हुन्छ । 
नवराज पराजुली

लुकी–लुकी हेर्दा जति रमाइलो हुन्छ, बरु भेट्दा चै फिक्का लाग्छ ।
मिलन राई

त्यो पल सार्‍है रमाइलो हुन्छ । बयान कसरी गर्न सकिन्छ र ?
उद्धव

एकदम रमाइलो, बयान नै गर्न नसकिने । 
सन्दीप ढकाल

लुकेर हेर्दा उनले देखेर पनि नदेखेझैं गरी लजाएर बस्दाको क्षण बयान गर्न सकिँदैन । 
रवीन्द्र मल्ल ठकुरी

त्यो कुरा त भनेर साध्य छैन । यसमा आनन्दका साथ कौतूहलता समेत मिसिएको हुन्छ । त्यो मज्जा प्रत्यक्ष रूपमा भेट्दा कहाँ पाइन्छ र हजुर ? 
सन्दीप जर्घा मगर

आफूले हेर्दा रमाइलो लाग्छ । अरूले आफूलाई हेरेको थाहा पाए रिस उठ्छ ।
अनिल सोमाई
हैट् ! सार्‍है मजा पो हुन्छ । 
सुशील ओली 

लुकी–लुकी हेर्नुको मजा नै 
बेग्लै हुन्छ । 
रितिक रोशन शाही

 

प्रकाशित :असार २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्