मनिषा र शंकरको प्रेम वियोग यसरी पोखियो

- साप्ताहिक संवाददाता

असार २१, २०७४

 

नेपाली गीत संगीतका क्षेत्रमा प्रवेश गर्ने कलाकारको ठूलो भिड छ । त्यसमा पनि लोक गीतका क्षेत्रबाट कलायात्रा सुरु गर्ने कलाकार झन धेरै छन् । यहि बेला नेपाली लोक गायनका क्षेत्रमा थप्पिन आईपुगेकी छिन् मनिषा शर्मा । उनी ‘भेट हुँदैन् होला’बोलको गीतको म्यूजिक भिडियो सहित सांगीतिक बजारमा आएकी छिन् । 

सार्वजनिक गीतमा शब्द तथा लय शंकर ढकाल रहेको छ भने गायनका पनि शर्मासँग गला मिसाएका छन् ढकालले । प्रस्तुत गीतले मायालु प्रेम, प्रेमिकासँग विछोड हुनुपर्दा कत्ति पीडा हुन्छ भन्ने दर्शाउन खोजिएको छ । प्रेममा धोका खाए पश्चात मायालु जोडीहरु कतिसम्म भावुक हुन्छन् भन्ने गीतले देखाउँछ ।

भिडियोमा मोडलहरु विनोद ढकाल, दिपक खत्री र उस्मिता वगालेको अभिनय रहेको छ । काठमाडौं र आसपासका लोभलाग्दा दृश्यहरु कैद गरिएको म्युजिक भिडियोलाई मिलन कार्कीले निर्देशन तथा सम्पादन गरेका हुन् । 

म्युजिक ल्यावको प्रस्तुती रहेको उक्त गीतले प्रारम्भीक रुपमा राम्रो प्रतिक्रिया पाएको छ । बिशेषत: आम प्रेमजोडी युवा पुस्ताले उक्त गीत वढी मनाएको निर्माण पक्षले बताएको छ । 

भेट हुँदैन होला गीतको म्यूजिक भिडियो :

प्रकाशित :असार २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्