भन्साली रिसाए प्रियंकासँग

- साप्ताहिक संवाददाता

असार २१, २०७४-

सञ्जय लीला भन्साली बलिउडका स्थापित निर्देशक हुन् । अधिकांश अभिनेता–अभिनेत्री भन्सालीसँग काम गर्न चाहन्छन् । अभिनेत्री प्रियंका चोपडाले भन्सालीसंग बाजीराव मस्तानी तथा मेरी कोम जस्ता चलचित्रमा काम गरिसकेकी छिन् । यद्यपि अहिले प्रियंका र भन्सालीबीचको सम्बन्धमा चिसोपन छाएको समाचार सार्वजनिक भएको छ ।

यतिबेला भन्साली गुस्ताखिया शीर्षकको चलचित्र निर्माण गर्दैछन्, जसमा प्रियंकाको मुख्य भूमिका छ तर छायांकन प्रारम्भ भैसक्नु पर्ने यो चलचित्रका लागि प्रियंकाले समय दिएकी छैनन् । हलिउडका केही प्रोजेक्टमा काम पाएपछि प्रियंकाले भन्सालीलाई समय दिन नसकेको बताइन्छ । यता भन्सालीले भने केही दिनभित्र प्रियंका छायांकनमा उपलब्ध नभए उनलाई चलचित्रबाटै हटाउने निर्णय गरेका छन् । प्राय: कम रिसाउने निर्देशक भन्सालीको रिसको पारो अहिले प्रियंकाका कारण चढेको बलिउड सूत्रहरूले उल्लेख गरेका छन् । 

 

 

प्रकाशित :असार २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्