दुईवटा ग्याङमा आबद्ध छु :प्रदीप खड्का

- साप्ताहिक संवाददाता

असार २१, २०७४- 

 तपाईंको ग्याङमा अहिले को–को छन् ?

अहिले मेरा दुईवटा ग्याङ छन्, एउटा चलचित्र क्षेत्रमा छ भने अर्को चलचित्र बाहिर । चलचित्रमा म आसुषेन फिल्म्ससँग आबद्ध छु । उक्त ब्यानरमा आबद्ध प्राय: सबै मेरो ग्याङमा हुनुहुन्छ । निर्माता सन्तोष सेनलाई हामीले ग्याङ लिडर बनाएका छौं । यही ग्याङमा रेड स्टुडियोका साथीहरू पनि हुनुहुन्छ । भूपेन्द्र अधिकारी, कृष्ण श्रेष्ठ, निर्देशक रामशरण पाठक आदि मेरो ग्याङका प्रमुख सदस्य हुन् । सेलिब्रेसन गर्ने क्रममा हामी झन्डै ३० जना भेला हुन्छौं । दोस्रो ग्याङ म चलचित्रमा आउनुअघि देखि कै हो । यो ग्याङमा चाहिँ रेस्टुराँ व्यवसायी, विद्यार्थी नेता, व्यवसायी आदि हुनुहुन्छ । 

 

दुवै ग्याङका सदस्यहरू तपाईंसँग कसरी नजिक भए ? 

म आफैं केही जोली स्वभावको छु । साथीभाइ बनाउने कुरामा पनि सिपालु छु । काम गर्दै जाँदा विचार मिल्छ, त्यसैले नजिक हुन सजिलो हुन्छ । 

 

ग्याङका सदस्यसँग कुनै कुरामा असमझदारी पनि हुन्छ कि ?

कसैलाई राति अबेरसम्म बस्न नमिल्ने, कसैलाई बस्ने ठाउँ मन नपर्ने, कसैलाई थोरै खानेकुराले पनि पुग्ने, कसैलाई जति खाए पनि नपुग्ने जस्ता समस्या त हुन्छन्, तर हामी बहुमतको कदर गर्दै सबै समस्या आपसी सहमतिमा समाधान गर्छौं । 

 

तपाईंको पुरानो ग्याङ कस्तो थियो ?

प्रसादी एकेमेडीमा अध्ययनरत छँदा साथीहरूको एउटा ग्याङ थियो, तर बिडम्बना उक्त ग्याङका अधिकांश सदस्य उच्च शिक्षाका लागि विदेशमा हुनुहुन्छ । 

 

ग्याङमा हुनै पर्ने तर छुटेको कोही छ ?

नेपाल टेलिभिजनमा काम गर्ने क्रममा सन्दिर श्रेष्ठ मेरो निकै निकट हुनुहुन्थ्यो । उहाँ अस्ट्ेरलिया गएपछि भेटघाट पातलियो । राजेश श्रेष्ठ पनि अमेरिका गएपछि मेरो चलचित्रभन्दा बाहिरको ग्याङ अलि निरश भयो । 

 

ग्याङमा नभए पनि एकदमै मिल्ने ?

मेरो ठूलो ममीका छोराहरू जयराम केसी र मनोज केसी ग्याङमा हुनुहुन्न तै पनि हामी असाध्यै मिल्छौं । उहाँहरूसँग म हरेक प्रकारका सल्लाह गर्छु । 

 

हालै ग्याङमा सामेल कुनै सेलिब्रेटी महिला ?

‘प्रेम गीत–२’ की अभिनेत्री अश्लेषा ठकुरी । अश्लेषाले पनि विस्तारै हाम्रो ग्याङलाई इन्जोय गर्दैछिन् । 

-  प्रदीप खड्का, अभिनेता

प्रकाशित :असार २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्