बेलायतमा आर्यन र केकी सर्वोत्कृष्ट

- साप्ताहिक संवाददाता

असार २०, २०७४-

बेलायतको थर्ड आई टिम र बक्स अफिस इन्टरनेसनल गु्रपको संयुक्त आयोजनामा गत आइतबार राति सम्पन्न दसौं बक्स अफिस फिल्म फेयर एवार्ड–२०१७ मा अभिनेता आर्यन सिग्देल तथा अभिनेत्री केकी अधिकारीले सर्वोत्कृष्ट नायक एवं नायिकाको एवार्ड आफ्नो पोल्टामा पारेका छन् । बेलायतमा बसोबास गरिरहेका कलाकार तथा नेपालबाट बेलायत पुगेका चलचित्रकर्मीहरू आर्यन सिग्देल, करिश्मा मानन्धर, केकी अधिकारी, वर्षा शिवाकोटी, सलोन बस्नेत, अनुपविक्रम शाही, दिया पुन, नम्रता योगी, कुशल थापाजस्ता दुई दर्जन कलाकारले उक्त एवार्ड समारोहको रौनक बढाएका थिए भने बलिउड गायिका सञ्जीवनी तथा नेपालका आनन्द कार्कीको सुमुधुर संगीतले एवार्ड हल गुञ्जायमान भएको थियो ।

दसौं बक्स अफिस फिल्म फेयर एवार्ड–२०१७ मा श्रृंगारमा पुरानो डुंगाबाट सरोज पाण्डे, कला निर्देशकमा जंगेबाट आशिष दाहाल र कसम नेपाल, वेशभूषामा के म तिम्रो होइन र ? बाट उत्तम बनेपाली, ध्वनि मिश्रणमा छक्का पञ्जाबाट सुनयमान श्रेष्ठ, पाश्र्व संगीतमा गाजलुबाट सैलेश श्रेष्ठ, कलर करेक्सनमा गाजलुबाट राजेन्द्र मोक्तान, भीएफएक्समा द विनरमा अनन्त घिमिरे, खलनायकमा वीरविक्रमबाट अर्पण थापा, हास्यकलाकारमा छक्कापञ्जाबाट केदार घिमिरे, बालकलाकारमा छायाँबाट साइव्रत आचार्य, नृत्य निर्देशकमा लुट टुबाट विक्रम स्वाँर, पटकथामा छक्का पञ्जाबाट दीपकराज गिरी, संवादमा छक्कापञ्जाबाट दीपकराज गिरी पुरस्कार भए । यसैगरी कथामा लालजोडीबाट लक्ष्मण सुवेदी, सम्पादकमा छक्कापञ्जाबाट विपिन मल्ल, छायाँकारमा वीर विक्रमबाट रामकुमार केसी, द्वन्द्व निर्देशकमा जय परशुरामबाट एनबी महर्जन, चरित्र अभिनेतामा पुरानो डुंगाबाट माओत्से गुरुङ, चरित्र अभिनेत्रीमा गाजलुबाट गौरी मल्ल, सहनायकमा गाजलुबाट सलोन बस्नेत, सहनायिकामा वीरविक्रमबाट दिया पुनलाई पुरस्कृति गरियो ।

एवार्ड समारोहमा नवनायिकातर्फ वीरविक्रमबाट दिया पुन, नवनायकमा के म तिम्रो होइन र ? बाट आर्यन अधिकारी, नायिकामा लभसासाबाट केकी अधिकारी, नायकमा होमवर्कबाट आर्यन सिग्देल, नवनिर्देशकमा डाइङ क्यान्डलबाट नरेश केसी, निर्देशकमा वीरविक्रमबाट मिलन चाम्स, चलचित्रमा वीरवीक्रम, गीतकारमा छक्कापञ्जाबाट शान्तिप्रिय, संगीतकारमा छक्कापञ्जाबाट राजनराज शिवाकोटी, गायिकामा छक्कापञ्जाबाट अञ्जु पन्त गायकमा वीरविक्रमबाट ताराप्रकाश लिम्बूलाई ट्रफी तथा सम्मान प्रदान गरियो ।

एवार्ड वितरणका लागि भनेर नेपालबाट गएका तथा उतै बसोबास गरिरहेका झन्डै ६ दर्जन चलचित्रकर्मीको उपस्थितिमा सम्पन्न बक्सअफिस फिल्म फेयर एवार्ड अन्य विधातर्फ स्टुडियोमा रेड स्टुडियो, पोस्टर डिजाइनमा छक्कापञ्जाबाट सुन्दर श्रेष्ठ, निर्माण नियन्त्रकमा छक्कापञ्जाबाट सुमनराज गिरी, प्रोमो डिजाइनमा के म तिम्रो होइन र ? बाट साहिल खान, वितरकमा छक्का पञ्जाबाट गोपाल कायस्थ, बिशेष चलचित्रमा तीन घुम्ती, डिजिटल कारोबारमा हाइलाइट्स नेपाल पुरस्कृत भए भने चलचित्र हलमा अष्टनारायण, सक्रिय संघसंस्थामा चलचित्र कलाकार संघ, एवार्ड आयोजकमा नेफ्टा, कलामा लालजोडीबाट ज्योति काफ्ले, नायिकामा लालजोडीबाट आयुषा कार्की, नायकमा लुटेराबाट निखिल उप्रेती, निर्मातामा प्रेमगीतबाट सन्तोष सेन, निर्देशकमा छक्कापञ्जाबाट दीपाश्री निरौला, लाइफ टाइम एचिभमेन्टमा दीपक क्षेत्री, युवा पत्रकारिता पुरस्कार जीवन पराजुली, पत्रकारिता नगद सम्मानमा श्याम अर्याल तथा विशेष सम्मान सुन्दरलाल श्रेष्ठलाई प्रदान गरियो । 

 

प्रकाशित :असार २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्