ग्याजेट सुरक्षा

- साप्ताहिक संवाददाता

असार २०, २०७४-

वर्षा लागेपछि कति बेला पानी पर्छ र भिजिन्छ थाहा हुँदैन । आफू भिजेर दु:ख पाउनुको समस्या त छँदैछ, आफ्नो खल्तीमा भएको मोबाइल, हेडफोन वा ट्याब भिजेर बिग्रिने चिन्ताले पनि जो–कसैलाई उत्तिकै पिरोल्छ । वाटरप्रुफ ग्याजेट भए त कुनै समस्या भएन । यदि आफूसँग भएका मोबाइल, ट्याब, हेडफोन, पावरबैंक आदि वाटर प्रुफ छैनन् भने आफू भिज्नुभन्दा पनि त्यसलाई भिज्न नदिने चिन्ताले सताउँछ । 

अहिले बजारमा आएका केही ग्याजेट वाटरप्रुफ छन् । यद्यपि ती केही महँगा नै छन् । यस्तो अवस्थामा ग्याजेटलाई पानीबाट जोगाउन केसिङहरू भरपर्दा हुन सक्छन् । मोबाइलदेखि ट्याब र अन्य ग्याजेटलाई पानी एवं धूलोबाट जोगाउन तयार पारिएका केसिङ धेरै मूल्य नपर्ने र भरपर्दासमेत छन् । यस्ता केसिङ तथा ब्यागहरू नेपाली बजारमा पनि उपलब्ध हुन थालेका छन् । तपाईं पनि कतै भिज्न जाँदै हुनुहुन्छ भने यस्ता केसिङ वा ब्यागमा आफ्ना ग्याजेट राखेर वर्षामा बिन्दास रमाइलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित :असार २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्