हङकङमा स्थापित बन्दै “सेन्स अफ क्लिक”

- अनोज रोक्का

असार २०, २०७४-

पवन सुब्बालाई लागेको थिएन, एकदिन मोड्लिङ र फेसन डिजाईनिङ जीवनको पर्यायवाची बन्छ भनेर । भविष्य र करियरको रनभुल्लमा पर्दै एकदशक बिताएका पवनले कलकत्ताको एक फेसन डिजाईन कम्पनीमा एसिस्टेन काम गर्दा गर्दै केहि योजनाहरु बनाईसकेका थिए । त्यहि योजना र दृढ ईच्छा शक्तिले आज एसियाकै फेसन हव हङ्कङमा स्थापित बन्दैछ । सेन्स अफ क्लिक मोडलिङ् एजेन्सीबाट करियर शुरु गरेका पवनलाई शुरुवाती दिनमा धेरै सङ्घर्ष गर्नु पर्‍यो । साथी मौसम श्रेष्ठसाग मिलेर मोड्लिङमा ईच्छा राख्ने युवायुवतीहरुलाई कोरियाग्राफी, फोटोसुटसागै फेसन र मोडलिङका लागि विभिन्न ईभन्टहरुको आयोजना गर्न थाले । 

कामप्रतिको निरन्तरताले नै हङ्कङेली नेपालीहरुमाझ पहिलो रोजाई बनिरहेको छ सेन्स अफ क्लिक । मोडलिङ र फेशन शोका ईभेन्टहरु आयोजना गरिरहने सेन्स अफ क्लिकले हन्ट फर सुपर मोडलको पनि आयोजना गरिरहेको छ । सुपर मोडलको पहिलो र दोश्रो संस्करणबाट पुजा राना र नम्रता गुरुङ् बिजयी भईसकेका छन्, भने नम्रताले मिस नेपालमा समेत भाग लिई मिस ट्यालेन्टको उपाधी जितिसकेकी छीन । 

नेपाली फेसन र मोडलिङलाई अन्तराष्ट्रिय स्तरमा चिनाउँनका लागि प्रयासरत सेन्स अफ क्लिकले पछिल्लो समय फेसन डिजाईनिङ शो रुम खोलेर आफ्ना ग्राहकहरुलाई थप सेवा दिईरहेको छ । चर्चित नेपाली डिजाईनर तेन्जिङ भुटिया र युबी थापाका डिजाईनहरुको विक्रि बितरण गरिरहेको सेन्स अफ क्लिकले ग्राहकहरुको अनुरोधमा केहि डिजाईनहरु आफैपनि तयार गर्न गर्छ । 

हामीले सवैको लागी उपयुक्त हुने मुल्य राखेका छौ, हङ्कङ डलर ३,५०० देखि १,१०० सम्मका डिजाईनहरु उपलब्ध छन् । हाम्रो उदेश्य हङ्कङमा रहेर पनि मोड्लिङ र फेसनमा आवद्ध युवायुवतीहरुलाई अन्तराष्ट्रिय प्लेटफर्म दिने हो । बिदेशमा नेपाली उत्पादन र मौलिकतालाई चिनाउाने अवसरको पनि सदुपयोग गरिरहेको पवन बताउँछन् । 

 

प्रकाशित :असार २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्