खगेन्द्रको कन्फिडेन्स

- साप्ताहिक संवाददाता

असार २०, २०७४-

हुन त अभिनेता खगेन्द्र लामिछाने रंगमञ्चबाट उदाएका कलाकार हुन् । चलचित्र ‘पशुपति प्रसाद’ को भूमिकाले उनलाई स्थापित चलचित्र अभिनेता बनाइदियो । त्यसैले पनि अहिले उनी रंगमञ्चको साटो चलचित्रको पर्दामा बढी रमाउन थालेका छन् । पशुपति प्रसादको ह्याङ सेलाउन नपाउँदै खगेन्द्र अर्को महत्वाकांक्षी चलचित्रमार्फत दर्शकमाझ आउने तयारीमा छन् ।

‘धनपति’ शीर्षकको उक्त चलचित्रमा खगेन्द्र शीर्षक भूमिकामै प्रस्तुत हुँदैछन् । चलचित्रको पोष्टर, ट्रेलर  तथा गीत सार्वजनिक भए लगत्तै खगेन्द्रले आफ्नो कन्फिडेन्स बढेको प्रतिक्रिया दिएका छन् । पोस्टरले नै कौतुहलता जगाएको थियो, हालैको एक भेटमा खगेन्द्रले भने– गीत र ट्रेलर  सावर्जनिक भएपछि दर्शकबाट जुन प्रकारको जिज्ञासा सुनेको छु, त्यसले यो चलचित्रको मेरो भूमिका लोकप्रिय हुनेछ भन्ने कुरामा ढुक्क छु ।  

 

प्रकाशित :असार २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्