टिन तनहुको उपाधि प्रितम र विनितालाईं

- साप्ताहिक संवाददाता

असार २०, २०७४- 

एम्विसन फेसन होमले आयोजना गरेको मिष्टर एण्ड मिस टिन तनहु २०१७ को उपाधि प्रितम गुरुङ्ग र विनिता श्रेष्ठले जितेका छन ।  प्रतियोगितामा फष्ट रनर अप सञ्जल अधिकारी र दिपीसा थापा, सेकेण्ड रनरअप विपिन थापा र निशा थापा भएका छन । 

प्रतियोगितामा १६ जना प्रतियोगिको सहभागिता रहेको थियो । मञ्जरी ग्रुपका अध्यक्ष बिशाल एच आले प्रमुख निर्णायक रहनु भएको प्रतियोगितामा कोरियोग्राफर तथा नृत्य निर्देशक रेशम न्यौपाने, मिसेज तिज नेपाल रोजी श्रेष्ठ, व्युव्टीसियन माया पुन र मिष्टर नेपाल थर्डरनर अप श्रीराम चन्द निर्णायक रहेका थिए । 

प्रतियोगितामा नविन झ्याडी मगर अर्गनाइजर च्वाइस तथा बुद्धिमाया राना मगरले भ्यूअर भ्वाइस उपाधि जितेका थिए । 

प्रकाशित :असार २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्