Teej banner

टेक्सासमा नेपाली कलाकारको भव्य प्रस्तुती

- शिव शर्मा

असार १९, २०७४

 

अमेरिका टेक्सासको ड्यालसमा ‘नेपल्जि अमेरिकन कन्भेन्सन’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कन्दरा गायक विवेक श्रृष्ठ, कलाकार सन्दिप क्षेत्री, नलिना चित्रकार लगायतका कालाकारको उपस्थिती थियो । कन्दरा गायक श्रेष्ठको गायनमा दर्शकको हुटिङबाट सुरु भएको उक्त कार्यक्रम दर्शकलाई भावुक बनाउँदै समापन भएको छ । ‘लेककी हे माया गीतबाट गायनको सुरु गरेका विवेकले हकङकङ पोखरालगायतका गीत गाएर दर्शक नचाए । विवेकको गायनमा कलाकार सन्दिप क्षेत्रीले स्टेजमै नाचेर साथ दिए । गायक श्रेष्ठले ब्यान्डकै प्रतिनिधित्व गदै दर्शकलाई ‘तगारोमा रुमाल राखी’ लगायतका गीत गाए । उनले यो गीत गाउँदा दर्शक निक्कै भावुक देखिन्थे । 

गायिका नलिना चित्रकारले पनि कार्यक्रम आफ्ना लोकप्रिय गीत गाएर दर्शकलाई नचाएकी थिईन् । पप गीत प्रेमी दर्शकले उनका गीतमा साथ दिएका थिए । फिरोज स्याङदेनको प्रस्तुतीलाई पनि रुचाएका दर्शकले सन्दिप क्षेत्री तथा माम्पी घोष अर्थात पवन कलीको प्रस्तुतलाई असाध्यै रुचाएको पाईयो । 

कार्यक्रममा नायिका प्रिंयका कार्कीको कोरियोग्राफी तथा खुस्बु डंगोलको  डिजाईनमा तयार पारिएका आकर्षक पहिरनमा मोडलहरुले क्याटवाक गरे ।

समर कलेक्सनमा मोडलहरु र्‍याम्पमा उर्तिएका थिए । तीन दिन सम्म चलेको कार्यक्रममा कल्चरल डान्स देखि अन्य विभिन्न रमाईलो प्रस्तुतीहरु कार्यक्रममा प्रस्ततुत भए । कार्यक्रमको अन्तरित डिजे नाइटमा दर्शकहरु राती अबेर सम्म कम्मर मर्काउदै नेपाली हिन्दी र अग्रेजी नम्बरमा झुमे । दर्शकलाई नचाउन डिजेहरु प्रशान्त, मोमो, सुसान्त, विश्व र रितले  संगीत पस्किन कुनै कसर बाकी राखेनन् ।                                                                   

                                           

प्रकाशित :असार १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्