‘बाबुकान्छा’को पोस्टर

- साप्ताहिक संवाददाता

असार १९, २०७४-

शोभित बस्नेतको निर्देशनमा छायांकनमा रहेको चलचित्र ‘बाबुकान्छा’ को रिलिज मिति तय गरिएको छ । चलचित्र मङ्सिर १५ गते बाट प्रदर्शनमा आउने भएको छ।चलचित्रका निर्देशक शोभित बस्नेतले चलचित्रको एक पोस्टर रिलिज गर्दै चलचित्र  मङ्सिर १५ गते रिलिज गर्ने जानकारी दिनु भएको हो ।

शोभित बस्नेतको लेखन, निर्माण र निर्देशन रहेको ‘बाबुकान्छा’को करिब सत्तरी प्रतिशत छायांकन सकिएको छ भने चलचित्रका नायक सलोन बस्नेत अवार्डको लागि लन्डन गएको हुनाले अहिले चलचित्रको छायांकन रोकिएको छ ।सलोन लन्डन बाट फर्किए लगतै चलचित्रको बाकी छायांकन हुनुको साथै चलचित्रको गीत छायांकन गर्न युनिट साउनको दोस्रो हप्ता दुबई तिर लाग्ने छ । चितवनको छायांकन सकिएर आइतबार मात्रै सुटिंग युनिट राजधानी फर्किएको हो ।

चलचित्र ‘बाबुकान्छा’मा सलोनको अलावा  नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ  । यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दै छिन् । 

संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रुपमा रहेका छन्  । बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा कविराज गहतराज र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ । चलचित्रमा टंक बुढाथोकी र अल्मोडाको संगीत रहने छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’लाई रिमिक्स गरेका छन् । 

प्रकाशित :असार १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्