इशाको हिट तस्बिर

- साप्ताहिक संवाददाता

असार १९, २०७४-  
अभिनेत्री इशा गुप्ताले चलचित्र जन्नत : २ मार्फत बलिउडमा पदार्पण गरेकी थिइन् । त्यसक्रममा उनको तुलना हलिउडकी एन्जोलिना जोलीसँग गरिएको थियो । यद्यपि इशाले आफ्नो सौन्दर्य अनुरूपको सफलता भने प्राप्त गर्न सकिनन् । पछिल्लो समय उनी चलचित्र बादशाहोंका कारण चर्चामा छिन् । यो चलचित्रमार्फत इशाले आफ्नो करियरलाई गति दिने अनुमान गरिएको छ ।

यही चलचित्रको छायांकनका क्रममा इशाले चलचित्रकै भ्यानमा एउटा तस्बिर क्लिक गरिन् । कफीको चुस्कीसहितको उक्त तस्बिरमा इशा कामूक देखिएकी छिन् । आफ्नो कामुक छविकै कारण चर्चामा आउने यी अभिनेत्रीको उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । इशा बेला–बेलामा यस्तै तस्बिरमार्फत चर्चामा आइरहन रुचाउँछिन् ।  

 

प्रकाशित :असार १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्