गागरीको पानी लिएर आइन् गायिका मेचु धिमाल

- साप्ताहिक संवाददाता

असार १८, २०७४

 

पछिल्लो चार वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय सुन्दर गायिका मेचु धिमाल आफ्नो नयाँ गीत ‘गागरीको पानी...’ को म्युजिक भिडियो लिएर दर्शकमाझ आएकी छिन् । सुगम संगीतमा आधारित उक्त रोमान्टिक गीतको म्युजिक भिडियोमा गायिका धिमाल आफैंले आकर्षक अभिनय तथा नृत्य समेत गरेकी छिन् । अभिनेता नीराजन प्रधानले गायिका धिमाललाई अभिनयमा साथ दिएका छन् ।

विभोर पोखरेलद्वारा निर्देशित यो म्युजिक भिडियोलाई गायिका धिमालले आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् । सुमन गुरुङ यो गीतका गीतकार तथा संगीतकार हुन् । रिकेश गुरुङले यो गीतमा संगीत संयोजन गरेका छन् ।

‘गागरीको पानी...’ गीतको भिडियोलाई हरि हुमागाईंले छायांकन गरेका छन् । रोमान्टिक शैलीको गीत भएका कारण उक्त गीतको भिडियोलाई निर्देशक पोखरेलले रोमान्टिक शैलीमै तयार पारेका छन् । सुप्रीम पराजुली यो भिडियोका सम्पादक तथा कलरिष्ट हुन् ।

विगत चार वर्षदेखि डोरेमी संगीत स्कूलमा संगीतको प्रशिक्षण लिएकी गायिका धिमाल गायनमा सुरिलो सुनिएकी छिन् । संगीतकर्मी भानुभक्त ढकालकी यी चेलीले यसअघि गाएको ‘कदम कदम’ गीत लोकप्रिय भैसकेको छ ।

गागरीको पानीको म्युजिक भिडियो : 

प्रकाशित :असार १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्