वर्षामा सौन्दर्य कायम राख्न

- साप्ताहिक संवाददाता

असार १८, २०७४-

 

वर्षामा पानी पर्दा अन्य भागको मेकअप सामान्य बिग्रिए हातले मिलाउन मिल्छ तर आँखा र ओठको मेकअपलाई मिलाउन केही गाह्रो हुन्छ ।

-आइ मेकअप गर्दा बाटरप्रुफ प्रोडक्ट आइलाइनर, आइस्याडो, मस्करा, गाजल आदि नै प्रयोग गर्नुपर्छ । 

-लिप मेकअपमा प्रयोग हुने लिपिस्टिक पनि वाटर प्रुफ 

नै लगाउनुपर्छ । 

- कम्प्याक्ट क्रिम वा फाउन्डेसन पनि सकेसम्म वाटर प्रुफ नै प्रयोग गर्नु उपयुक्त हुन्छ । 

- लुगा लगाउदाँ शरीर नढाकिने भागमा सन प्रोटेक्सन सन्सक्रिम प्रयोग गर्नुपर्छ । जसले युभी रेहरूलाई रोक्छ । 

-वर्षाको पानीले केश फोहोर हुँदा फङ्गलको समस्या सिर्जना हुनसक्छ । यस्तोमा एक दिन बिराएर केश धुनुपर्छ । त्यसका लागि आफ्नो केशलाई सुहाउँदो स्याम्पु छनौट 

गर्न सक्नुपर्छ ।

- केशलाई राम्रो बनाउन हप्तामा एक पटक हेयर ओयलले मसाज गराउनुपर्छ ।

 

लक्ष्मी ठाकुर, हेयर स्टाइलिस्ट

लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो 

 

प्रकाशित :असार १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्