अञ्जलीको दोस्रो खुड्किलो

- साप्ताहिक संवाददाता

असार १७, २०७४-

ट्रान्स जेन्डर मोडलका रूपमा चर्चामा रहेकी नेपाली मोडल अञ्जली लामा मुम्बईको मोडलिङ संसारमा स्थापित भैसकेकी छिन् । अघिल्लो वर्ष सम्पन्न लेक्मी फेसन विकमा पहिलो ट्रान्स जेन्डर मोडलका रूपमा अडिसनमा सफल भएर क्याटवाक गरेपछि उनी चर्चामा आएकी हुन् ।

भारतीय सञ्चारमाध्यममा समेत छाइसकेकी अञ्जलीको करियरमा अर्को एउटा सफलता थपिएको छ । आगामी अगष्ट महिनामा आयोजना हुने लेक्मी फेसन विकको नयाँ संस्करणका लागि समेत उनी छनोट भएकी छिन् ।

साप्ताहिकसंग अनलाइन कुराकानी गर्दै अञ्जलीले आफू फेसन विकका लागि छनोट भएका बताएकी हुन् । भारतका प्रसिद्ध फेसन फोटोग्राफरहरूसँग फोटो सेसन गराइसकेकी अञ्जली केही प्रतिष्ठित ब्रान्डसँग आबद्ध भएर समेत मोडलिङ गरिरहेकी छिन् ।  

 

प्रकाशित :असार १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्