नागिन अब चलचित्रमा

- साप्ताहिक संवाददाता

असार १७, २०७४-

नागिन शीर्षकको धारावाहिकमार्फत दर्शकको मन जित्ने अभिनेत्री मोनी रायले अब बलिउड चलचित्रमा पदार्पण गर्ने भएकी छिन् । पहिले सलमान खानसँग काम गर्ने हल्ला चले पनि अहिले उनले अक्षय कुमारसँग आफ्नो करियर प्रारम्भ गर्ने घोषणा गरेकी छिन् ।

मोनी अक्षय कुमारको चलचित्र ‘गोल्ड’ मार्फत दर्शकमाझ आउने निश्चित भएको छ । यो चलचित्रको छायांकन अगस्ट २५ देखि प्रारम्भ हुनेछ भने यसको कथा हकी खेलसँग सम्बन्धित भएको बताइन्छ ।  

 

प्रकाशित :असार १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्