मनमा गहिरो पीडा नभै कुनै सिर्जना हुँदैन
असार १७, २०७४
किन सेलिब्रेटीहरूकै ब्रेकअप बढी हुन्छ (फ्रन्टपेज : रिलेसन ब्रेकअप ट्रेन्ड) ? लामो समय किन टिक्दैन सम्बन्ध ? चाँसोको विषय छ ।
-तिलक खड्का
नाम चाहिँ सरु नै हुनुपर्ने (अपराध : हनी ट्याप एउटा सनसनीपूर्ण अपराध शैली) । अरू नाम नै नभए जस्तो ।
-सीताराम भुजेल
बधाई छ निशा र शरदको जोडीलाई (गसिप : विवाहको तयारी) । सम्बन्ध दिगो रहोस् ।
-सम्झना तामाङ, पूजा सुनैना, सुजन घिमिरे
सहरमै पर्याप्त मात्रामा मतदाता शिक्षा पुगेको देखिँदैन (गजुरियल विश्लेषण : असार १४ का लागि मतदाता शिक्षा) । अझ विकट गाउँको अबस्था कस्तो होला ? सरकारले मतदाता शिक्षाका लागि खर्च गरेको रकम बालुवामा पानी जस्तै भएको छ ।
-राजेश खनाल
गायक सूर्य राई ‘कमल’ लाई बधाई छ (बिमोचन/प्रिमियर : जन्मदिनमा भिडियो) । तपाईंको नयाँ भिडियोले सफलता प्राप्त गरोस् ।
-शिरु उप्रेती
मनमा गहिरो पीडा नभै कुनै सिर्जना हुँदैन (यात्रा सन्दर्भ : कलिउडको कोपमा कला) । हचुवाका भरमा लेखिएको रचना कालजयी पनि हुँदैन ।
-मित्र काफ्ले
बीराजजी, तपाईंले देख्नुभएको सपना पूरा होस् (अन्तर्वार्ता : बलिउडमा मेरो सम्भावना छ) । धेरै–धेरै शुभकामना छ ।
-रामहरि रिजाल
टेलिभिजन पूरै विस्थापित नभए पनि यसको महत्व पहिलेको तुलनामा निकै कम भएको छ । (साइन्स एन्ड टेक्नो : के टेलिभिजन विस्थापित हुँदैछ ?) । युट्युबले टेलिभिजनको महत्व कम गरेको हो ।
-प्रेम श्रेष्ठ
गायिका रेखा शाहको काम सराहनीय छ (म्युजिक डायरी : रेखाको छात्रवृत्ति) । कम्तीमा दस जना गरिब तथा जेहेन्दार विद्यार्थीले नि:शुल्क पढ्न पाए । राम्रो कामको प्रशंसा गर्नैपर्छ ।
-रामहरि बस्याल
यो लेख विद्यार्थी तथा अभिभावकहरूका लागि उपयोगी छ (मुक्त आकाश : के पढ्ने, के बन्ने ?) । आफ्ना सन्तानको रुचि जुन विषयमा छ त्यही विषयमा पढ्न दिनुपर्छ । अरूको देखासिकीमा विषय छनौट गर्नुहुँदैन ।
-प्रदीप श्रेष्ठ
यो समाचार रमाइलो लाग्यो (मोटा युवतीहरूको प्रतियोगिता) । यो प्रतियोगिता अरूभन्दा फरक रहेछ ।
-नारायण रेग्मी
तस्विरहरू रमाइला लागे (तस्बिर बोल्छ : कुस्ती क्रेज) । यस्ता कार्यक्रम बेला–बेला आयोजित भैरहनुपर्छ ।
-रन्जिता सिलवाल
सरकारको शैक्षिक नीति फेरिनैपर्छ । समयअनुसार फेरिनुपर्ने आवश्यकता पनि छ । अबको शिक्षा रोजगारमूलक हुनुपर्छ । सैद्धान्तिक ज्ञान घोकाएर मात्र पुग्दैन ।
-पूर्ण तमु
सैद्धान्तिक ज्ञानमा भन्दा प्राबिधिक ज्ञानमा जोड दिनुपर्छ (शिक्षा : विश्वभर बिक्ने प्राविधिक शिक्षा) । कम्तीमा बेरोजगार त बस्नु पर्दैन । देशमा प्राविधिक शिक्षा पढाइ हुने संस्था धेरैभन्दा धेरै खोलिनुपर्छ ।
-सफल गौतम
यो नेपालीहरूका लागि खुसीको कुरा हो (विश्व चर्चित भेन्युमा नेपाली संगीत) । लन्डनको बेम्ली एरिना जस्तो ठाउँमा नेपाली संगीत प्रस्तुत हुनु ठूलो कुरा हो ।
-आशिष बम्जन
अरूको कुरा सुनेकै भरमा टिप्पणी गर्ने बानीचाहिँ राम्रो होईन । आफैंले नभेटी–नबुझी कुनै पनि कुरामा गुनासो गर्नु हुँदैन ।
-अमन कार्की
प्रकाशित :असार १७, २०७४
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्