मनको बाबरी

- साप्ताहिक संवाददाता

असार १६, २०७४-
गुरुङ रहरसहन एवं संस्कृतिमा आधारित चलचित्र ‘मनको बाबरी’ को प्रदर्शन पोखराबाट प्रारम्भ भएको छ । गुरुङ संस्कृतिलाई नेपाली भाषामा चलचित्रको पर्दामा उतारिएको हुनाले पनि यो चलचित्र हेर्नेहरूमा गैरगुरुङको संख्या बढी देखियो । यो सन्देशमूलक चलचित्रमार्फत समाजमा विद्यमान अन्धविश्वासलाई चिर्ने प्रयास गरिएको छ । 

माओत्से गुरुङद्वारा निर्देशित यो चलचित्रको कथा पनि उनैले लेखेका हुन् । चलचित्रको छायांकन स्याङ्जाको पेल्काचौर तथा पोखरा आसपासका रमणीय स्थानहरूमा गरिएको छ । यो चलचित्रलाई अमेरिका, युके, हङकङ, अस्ट्रेलिया, दक्षिण कोरिया आदि देशमा प्रदर्शन गरिने निर्माता एवं नायिका एन्सर्ज गुरुङले बताइन् । नायिकाका रूपमा एन्सर्जको यो दोस्रो चलचित्र हो ।

चलचित्र मनको बाबरी नेपाली समाजमा विद्यमान रुढिवादी कुसंस्कारबाट पीडित महिलाले भोगिरहेको पीडामा आधारित छ । चलचित्रमा मुख्य भूमिका गमन घले तथा एन्सर्ज गुरुङले निर्वाह गरेका छन् भने यसमा राजु गुरुङ, विनु गुरुङ, डीबी गुरुङ, एनबी गुरुङ, राजेन्द्र थापा, धनु गुरुङ, सूर्या सुनुवार तथा सोनी गुरुङको अभिनयसमेत हेर्न पाइन्छ । यो चलचित्र असार २३ गते काठमाडौंका दर्शकले राष्ट्रिय नाचघरमा हेर्न पाउनेछन् । मनको बाबरीलाई माओत्से गुरुङ फिल्म्सले ४० लाखको लगानीमा निर्माण गरेको हो ।
राजाराम पौडेल

 

प्रकाशित :असार १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्