कारखाना

- साप्ताहिक संवाददाता

असार १६, २०७४- 

निर्देशक : अमरदीप सापकोटा संगीत : अनिल शाही, हर्कुलस बस्नेत र कल्याण सिंह । कलाकार : वर्षा शिवाकोटी, सुशील श्रेष्ठ, जेबिका कार्की, नवीन लम्साल, सुपी थापा आदि । 

सेरोगेट मदर अर्थात् भाडामा सन्तान जन्माइदिने आमाको कथामा नेपालमा चलचित्र बनेको थिएन । निर्देशक अमरदीप सापकोटाले आफ्नो पहिलो निर्देशनमा त्यस्तै कथा रोजेका छन् । नि:सन्तान दम्पतीका लागि भाडाकी आमा बन्नु सम्भ्रान्त समाजमा सामान्य हुँदै गएको छ ।

अपरिचित पुरुषको वीर्य लिएर वा ऊसँग समागम गरेपछि गर्भवती हुने कुनै परिचय लुकाएकी महिलाले ती अपरिचित पुरुषको परिवारका लागि नौ महिना गर्भमा राखेको आफ्नो सन्तान दिन्छे, त्यो पनि केही रकममा लागि । सेरोगेट मदरका अरू पनि धेरै पक्ष छन्, जुन विषयमा निर्देशक अमरदीप सापकोटाले मार्मिक चलचित्र बनाउने प्रयास गरेका छन् ।

चलचित्रमा अभिनेता सुशील श्रेष्ठ तथा अभिनेत्री वर्षा शिवाकोटीका रोमान्टिक दृश्य पनि हेर्न पाइनेछ भने रोमान्टिक छविबाट फरक रहेर अभिनेता सुशीलले आफ्नो एक्सन अवतार पनि देखाउनेछन् । आज शुक्रबार देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘कारखाना’ लाई नवराज उप्रेतीले खिचेका हुन् भने सम्पादन अनन्त घिमिरेले गरेका छन् । 

प्रकाशित :असार १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्